इलाम– हाब्रे (रेडपान्डा)का पुस्तक ‘नेपालमा हाब्रे’ विमोचन गरिएको छ। पाँचथरका पत्रकार गिरिराज बाँस्कोटाले सम्पादन गरेको इलाममा शनिवार उक्त पुस्तक विमोचन गरिएको हो।
इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश वन मन्त्रालयका सचिव विशाल घिमिरे, रेडपान्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, बन तथा भुमि विभागका उपनिर्देशक धनञ्जय रेग्मी सहितले संयुक्त रुपमा विमोचन गरिएको छ। पुस्तक रेडपान्डा नेटवर्क र श्री दीपज्योति युवा क्लबले प्रकाशन गरेको हो।
पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ लेख समावेश छन्।
पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सीताराम गुरागाईँ, विप्लव भटराई, भीम चापागाईँ, आनन्द गौतम, सरोज शर्मा, एलिना दियालीलगायतका लेख छन्।
पुस्तकले रेडपान्डाबारे नीति निर्माण र संरक्षणका लागि महत्त्वपूर्ण हुने अपेक्षा राखिएको छ।


