२०८३ कार्तिक २३ गते आईतबार

पोखरामा सुरु भयो त्रिदेशीय पर्यटन एक्स्पो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १२
pokhara_expo

पोखरा- नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो (नाइस-नेपाल, भारत, चीन एक्स्पो) २०२५ आजदेखि सुरु भएको छ।

नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भइरहेको यस एक्स्पोमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिविटर्ससहित ६ सय भन्दा बढी सहभागिता रहेको छ।

पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार र सरोकारवालाहरूको संयोजनमा आयोजित यस एक्स्पोले तीन देशका पर्यटन र आतिथ्य क्षेत्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई एकै स्थानमा ल्याएको छ। जसले व्यावसायिक अनुभव र व्यापार अवसरहरूको आदानप्रदान गर्न मद्दत गर्ने विश्‍वास पर्यटन बोर्डले लिएको छ।

नाइस–२०२५ एक्स्पोले तीन देशहरू बीचको सम्पर्क सुदृढ गर्दै, पर्यटन गतिविधिको वृद्धि गर्ने उद्देश्य राखेको छ। नेपाल भ्रमण गर्ने पर्यटकहरू र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग प्रि–एक्स्पो गन्तव्य अनुभवको अवसर पनि प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो एक्स्पो केवल एउटा कार्यक्रम मात्र नभई समग्र पर्यटन क्षेत्रको लागि गौरवको क्षण भएको बताउँदै भने, ‘यो एक्स्पोले भारत र चीन जस्ता ठूला आउटबाउण्ड पर्यटन बजारहरूलाई नेपालमा एकत्रित गराउन समग्र पर्यटन क्षेत्र एकजुट भएर काम गरेको छ।’

पोखरा, जसलाई ‘तालहरूको शहर’ र ‘हिमालय र ट्रेकिङको प्रवेशद्वार’ का रूपमा चिनिन्छ, विश्वका १४ अग्ला हिमालमध्ये तीन– धौलागिरी, अन्नपूर्ण–१ र मनास्लु हिमालको दृश्यावलोकन गर्नका लागि प्रसिद्ध छ। पोखरा प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिहरूले गर्दा पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।

नाइस–२०२५ एक्स्पोले पोखरालाई माईस (बैठक, सम्मेलन, प्रोत्साहन, विवाह, उत्सव, महोत्सव, मेला र प्रदर्शनी) पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। एक्स्पोको दोस्रो दिन, फागुन १३ गते, द नलेज फोरमले “भिसा डेस्टिनेसन इनसाईट्स: सपोर्टिङ द टुरिजम इकोसिस्टम” र “सस्टेनेबल हस्पिटालिटी फ्राम कन्स्ट्रक्सन टु अपरेसन” जस्ता महत्वपूर्ण विषयहरूमा पर्यटन विशेषज्ञहरूसँग ज्ञान आदानप्रदान गर्नेछ।

नाइस–२०२५ एक्स्पोको उद्देश्य भनेको भारत र चीन जस्ता उदीयमान आर्थिक शक्तिहरूबाट नेपालमा अधिक पर्यटक ल्याउने हो। यसले तीन देशहरू बीच व्यापारिक सञ्जाल र सहकार्यको अवसरहरू सिर्जना गर्दै, पर्यटन र आतिथ्य क्षेत्रको सुदृढीकरण गर्ने विश्वास व्यक्त गरिएको छ।

यो एक्स्पो तीन देशहरूको बीच पर्यटन र व्यापारको समृद्धि र सहकार्यका लागि महत्वपूर्ण मञ्चको रूपमा रहेको छ।

प्रकाशित: २०८१ फाल्गुण १२ गते सोमबार ०४:५८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना