सोलुखुम्बु- सोलुदुधकुण्ड नगरपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९९ अंक प्राप्त गर्दै नगरपालिका जिल्लाकै उत्कृष्ट बनेको हो।
स्थानीय सरकारको आर्थिक व्यवस्थापन, स्रोत परिचालन, खर्चको प्रभावकारिता, पारदर्शिता र दिगोपनका आधारमा गरिएको मूल्यांकनमा पालिका पहिलो बनेको हो।
नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा प्रमुख रहेको यस नगरपालिकामा उनी दोस्रो पटक नेतृत्वमा छन्।


