काठमाडौँ– महाशिवरात्रीमा पशुपति दर्शन गर्न गएकाहरुको मोबाइल चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ घर भएका ३१ वर्षीय विजय मगर र गोरखाको बारपाक गाउँपालिका–४ घर भएका ३४ वर्षीय अभिषेक गुरुङ छन्।
उनीहरुलाई बालाजुस्थित बसन्तनगर गुम्बा नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
आरोपीहरुको साथबाट प्रहरीले १० थान मोबाइल बरामद गरेको छ। आरोपीविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको एसपी बोहराले जानकारी दिए।


