२०८३ कार्तिक २१ गते शुक्रबार

३० अर्बको ‘एमसीसी प्रसारण लाइन’ बनाउन ६ भारतीय कम्पनी इच्छुक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ८
mcc_thekka

काठमाडौं- मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी)अन्तर्गत अमेरिकी सरकारको अनुदान सहयोगमा निर्माण हुने प्रसारण लाइनको ठेक्का लिन ६ कम्पनीले इच्छा देखाएका छन्। एमएसीए नेपालले मंसिर १२ गते खुलाएको ४०० केभीए प्रशारण लाइनको बोलपत्रमा ६ कम्पनीले इच्छा व्यक्त गरेका हुन्।

एमसीएले नेपालका अनुसार आवेदन दिने ६ वटै कम्पनी भारतीय हुन्। एमसीए नेपालले आवेदन दिने कम्पनीको उपस्थितिमा बोलपत्र खोलेको थियो।

बोलपत्र दिनेमा मेघा इञ्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केईसी इण्टरनेसनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एन्ड टर्बो लिमिटेड रहेका छन्।

ती कम्पनीले दिएको आवेदनलाई अध्ययन गरेर प्रशारणलाइनको ठेक्का बाँडफाँट हुने एमएसीए नेपालले जनाएको छ। एमसीएले विभिन्न ३ वटा खण्डमा विभाजन गरी बोलपत्र माग गरेको थियो।

प्रसारण लाइनको कुल अनुमानित लागत २२ करोड ८२ लाख डलर अर्थात् आजको विनियमदर अनुसार ३० अर्ब ११ करोड रुपैयाँ रहेको छ। लप्सीफेदीदेखि रातमाटे हुँदै हेटौँटासम्म, रातमाटेदेखि दमौलीसम्म र दमौलीदेखि बुटवलसम्म गरी तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएको थियो।

कम्पनीहरुले दिएको टेक्लिकल तथा फाइनान्सियल रिपोर्ट अध्ययनका आधारमा तीन वटा खण्डका लागि छुटाछुटै तीन कम्पनी वा एउटै कम्पनी ठेक्का लगाउने भन्ने विषय एमसीए नेपालले तय गर्ने बताइएको छ।

आवेदन दिएका कम्पनीहरुको प्राविधिक तथा वित्तीय पाटो अध्ययन गरी आगामी १.५ देखि २ महिनाभित्रमा ठेक्का दिने तयारी गरिएको एमसीए नेपालले जनाएको छ। बोलपत्रमा निवेदनका दिएका मध्ये कति कम्पनी छनौट हुने भन्ने अहिलेसम्म यकिन भैसकेको छैन। तीनवटा खण्डका लागि ६ कम्पनीले आवेदन दिएकाले कतिवटा कम्पनीलाई ठेक्का दिने भन्ने हालसम्म टुंगो लागेको छैन।

कम्पनीहरुले दिएको टेक्लिकल तथा फाइनान्सियल रिपोर्ट अध्ययनका आधारमा तीन वटा खण्डका लागि छुटाछुटै तीन कम्पनी वा एउटै कम्पनी ठेक्का लगाउने भन्ने विषय एमसीए नेपालले तय गर्ने बताइएको छ।

एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले गर्ने ४०० केभिए क्षमताको ३ सय १५ किलोमिटर लामो प्रशारण लाइन मुख्य परियोजना हो। राजनीतिकरुपमा निकै लामो रसाकसी पश्चात गत वर्ष प्रतिनिधिसभाले पारित गरेपछि उक्त परियोजना निर्माणको बाटो खुलेको थियो। संसदबाट एमसीसी परियोजना पास भएपश्चात एमसीए नेपालले परियोजना निर्माण प्रक्रिया अगाडि बढाएको छ।

सोमबार खुलाइएका बोलपत्र आवेदनका आधारमा ठेक्का प्रदान गरी आगामी भदौबाट काम अगाडि बढाउने तयारीमा एमसीए नेपाल छ। आगामी ४ वर्षभित्र परियोजना निर्माण सम्पन्न गर्नैपर्ने दबाबमा एमसीए नेपाल छ। एमसीसी कम्प्याक्टमा नै ४ वर्षभित्र आयोजना सम्पन्न गर्ने सर्त राखिएको छ।

प्रकाशित: २०८० जेठ ८ गते सोमबार ०७:५३
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना