सिरहा- सिरहाकी किशोरी रिंकुकुमारी सदा मृत्यु प्रकरणका मुख्य आरोपित पक्राउ परेका छन्।
मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेको सिरहा प्रहरीले जानकारी दिएको हो।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
२७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन्। बिहानीपख ३ बजे मात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन्।
अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन्। उनी माघ ३० गते राति मृत भेटिएकी थिइन्।


