पोखरा- मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपूजन गर्न थालेपछि भएको विवादका क्रममा दुईपक्षीय झडप भएको छ।
शुक्रवार महानगरले अनुमति बेजर भूमिपुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो।
पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो।
सोही क्रममा भएको विवादमा दुवै पक्षका केही घाइते भएका छन्। फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ।
फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन्।
घाइतेलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको छ।
पोखरामा कोटिहोमको विवाद अलादतसम्म पुगेको छ। अदालतले कोटीहोमलाई रोक्न नपर्ने ठहर गरेको छ।
कोटिहोमको नाममा मानव फाउन्डेसनले अवैध तरिकाले पोखराका संरक्षित चौताराहरु काटेपछि यो विवाद सुरु भएको हो।


