२०८३ कार्तिक २२ गते शनिवार

समस्या खोज्दै बगान छिर्‍यो विज्ञ समूह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ७
IMG_2119

भोजपुर- जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ। विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो।

कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताए किसानको अलैँची बगानमा पुगेर समस्यासँगै गुणस्तरीय उत्पादन, बजारीकरणलगायत विषयमा जानकारी लिइएको उनले उल्लेख गरे।

अलैँची किसानका समस्याको खोजी, पहिचानसँगै गुणस्तरीय उत्पादनको विषयमा ज्ञान प्रदान गर्न प्रदेश सरकारसँगको सहकार्यमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको महासचिव चिमोरियाले जानकारी दिए। यो कार्यक्रमअन्तर्गत अलैँचीका विज्ञ प्राविधिकसहित सरोकार भएका पक्ष र किसानसँग बसेर अलैँचीमा देखिएका समस्या, त्यसको समाधान र गुणस्तरीय उत्पादनका विषयमा जानकारी दिने काम भइरहेको उनले बताए

महासचिव चिमोरियाले भने, ‘विज्ञ समूहसहित किसानको अलैँची बगानमा पुरेर समस्या पहिचान गरी समाधानका उपाय दिँदै आएका छौँ। योसँगै बजारीकरण र गुणस्तरीय उत्पादनका विषयमा किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गरिरहेका छौँ।’ व्यावसायिक अलैँचीखेतीमा लागेका किसानको समस्या खोजी गर्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा कार्यक्रम सञ्चालन गरिएको उनले उल्लेख गरे।

यहाँका किसानको बगानमा पुगेर प्रयोगात्मक रूपमा अलैँचीमा देखिएका रोग र सङ्क्रमण पत्ता लगाउने, समस्या पहिचानसहित समाधानका विकल्पलगायत विषयमा प्रत्यक्ष साक्षत्कार गरिएको नेपाल अलैँची व्यावसायिक महासङ्घका अध्यक्ष निर्मल भण्डारीले जानकारी दिए।

पछिल्लो समय अलैँचीमा विभिन्न रोग लागेर उत्पादनमा ह्रास आएकाले बगानमा पुगेर किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए यो कार्यक्रमअन्तर्गत अलैँची बढी उत्पादन हुने कोशी प्रदेशका नौ जिल्लाका किसानका बगानमा पुग्ने अभियान रहेको उनले जानकारी दिए।
‘पछिल्लो समय अलैँचीमा विभिन्न समस्या देखिरहेका छन्’, अध्यक्ष भण्डारीले भने, ‘जसका कारण धेरै किसानका बगान नष्ट भएका छन्। किसानलाई स्थलगत रूपमा आवश्यक ज्ञान प्रदान गर्न हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ।’

यहाँका किसानको बगानमा पुगेर प्रयोगात्मक रूपमा अलैँचीमा देखिएका रोग र सङ्क्रमण पत्ता लगाउने, समस्या पहिचानसहित समाधानका विकल्पलगायत विषयमा प्रत्यक्ष साक्षत्कार गरिएको नेपाल अलैँची व्यावसायिक महासङ्घका अध्यक्ष निर्मल भण्डारीले जानकारी दिए।

स्थलगत अनुगमनका क्रममा किसानले विस्तार गरेका बगानमा विभिन्न रोगको सङ्क्रमण र उपचार विधिका विषयमा आवश्यक जानकारी प्रदान गरिएको अलैँची विकास केन्द्र इलामका प्राविधिक दिलबहादुर श्रेष्ठले जानकारी दिए। बगान अनुगमनका क्रममा बोट सुक्ने, गानो कुहिनेलगायत रोग बढी मात्रामा देखिएको उनको भनाइ छ।

‘किसानको बगानलाई लक्षित गरी रोग र उपचारको पद्दतिका बारेमा ज्ञान दिएका छौँ’, उनले भने, ‘किसानमा रोगको सङ्क्रमण, उपचार विधि, सङ्क्रमण रोकथामलगायत विषयमा जानकारी नुहँदा पनि समस्या भएको पाएपछि उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गर्न प्राविधिक ज्ञानसहित आवश्यक जानकारी दिइरहेका छौँ।’

अलैँचीमा देखिएका समस्या र समाधानका विषयमा जानकारी दिन र किसानलाई खेतीमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले बताए ‘अलैँचीमा जीवाणु र ढुसीजन्य रोगको सङ्क्रमण बढी मात्रा देखिएको छ। समस्या समाधान किसान आफैँले गर्न सकुन् भनेर अभियान सञ्चालन गरिएको हो’, उनले भने।

अलैँची व्यवसायी सङ्घ जिल्ला शाखाका अध्यक्ष राजेश विष्टले जिल्लाका किसानको आम्दानीको स्रोत बढाउन, उत्पादन वृद्धि गर्न अभियान सञ्चालन गरिएको बताए ‘यहाँका धेरै किसानले अलैँचीको व्यावसायिक खेती गरिरहेका छन्’, उनले भने, ‘आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले विभिन्न समस्या भोग्दै आएकाले समाधानका उपायसहित प्राविधिक र बजारीकरणमा समन्वय गर्न कार्यक्रम गरिरहेका छौँ।’

गाउँपालिकाका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा अलैँची रहेकाले यसको विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए किसानले गुणस्तरीय उत्पादनमा जोड दिन तथा व्यवसायलाई निरन्तरता दिन सकुन् भनेर नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ।

विभिन्न रोगसँगै मूल्यमा स्थिरता नभएकाले समस्या हुने गरेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले बताए राज्यको तहबाट बजारीकरणसँगै अलैँची किसानका लागि दक्ष प्राविधिक, उन्नत जातको बिरुवा वितरण र माटो परीक्षणमा सहयोग गर्न आवश्यक रहेकामा उनले जोड दिए।

प्रकाशित: २०८१ चैत ७ गते बिहिबार ०४:४७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना