२०८३ कार्तिक २४ गते सोमबार

अनुसन्धानको गलत प्रक्रिया निन्दनीय छ, यस्तो नगर [टिप्पणी]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १५
smachar tippani

देश आफैँमा विस्मयकारी परिघटनापछि नयाँ र संवेदनशील मोडमा छ। खासगरी उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय क्षेत्रका ‘प्रोफेसनल’हरू व्यावसायिक सुरक्षाको विषयमा अत्यन्त्यै चिन्ताग्रस्त देखिन्छन्।

यस्तो अवस्थामा आकार र सेवा प्रवाहका हिसाबले ‘फ्रन्टलाइन’मा रहेकामध्ये एक प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकाएक नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको छ। बैंकिङ कसुरमा परेको उजुरीका आधारमा भनिएको यो प्रकाउ प्रकरणले बैंक तथा वित्तीय क्षेत्रमाथिको नियमन, अनुसन्धान र शुद्धिकरणको विधि र प्रक्रियाबारे प्रश्न उठेको छ।

आर्थिक कारोबार गर्ने भए पनि जुनसुकै बैंक आफैँमा सापेक्ष संस्था हो। बैंक सञ्चालनको आफ्नै कार्यगत संरचना र अवयवहरू हुन्छन्। सञ्चालक समिति हुन्छ। सञ्चालनका लागि ‘प्रोफेसनल’हरूको विभागीय टिम हुन्छ। सञ्चालन संरचनाभन्दा माथि तालुकदार नियामक निकाय राष्ट्र बैंक हुन्छ। सबैका आ–आफ्नै जिम्मेवारी र दायित्व हुन्छन्। आफ्नो काम, कर्तव्य र अधिकारमा रहेर काम गर्दा केही त्रुटि भएको रहेछ भने निरूपणको आफ्नैँ विधि र प्रकिया पनि हुन्छ। कतिपय अवस्थामा बैंक तथा वित्तिय क्षेत्रको नियामक निकायको क्षेत्राधिकारभित्र प्रहरी अनुसन्धानको विषय पनि मतमतान्तरको विषय बन्दै आइरहेको छ।

तर, गम्भीर प्रकारको फौजदारी अभियुक्तलाई जसरी ‘बैंकिङ प्रोफेसनल’लाई प्रहरीले नियन्त्रणमा लिनु आश्चर्यजनक छ। निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले पनि यसअघिका यस्तै अपमानित प्रकाउ प्रकरणहरूका प्रसङ्गमा पटक–पटक चिन्ता व्यक्त गरेको जगजाहेर छ। उद्योगी, व्यवसायी र निजी क्षेत्रका प्रोफेसनलहरूलाई आतंकित नै पार्नेगरी हुने अनुसन्धान प्रक्रियाबारे सबैको चासो र चिन्ता वाञ्छनीय ठहर्छ।

बैंक तथा वित्तीय व्यवहारका विषयमा प्रहरीमा उजुरी पर्दा प्रहरीले अनुसन्धान गर्न पाउँछ। आवश्यक कागजात लिने, बयान लिने र अनुसन्धनात्मक अनुक्रमीय सूत्रहरू तय गर्न प्रहरीले पाउँछ। तर अनुसन्धान प्रक्रियाका नाउँमा व्यक्तिगत अपमान र आतंक सृजना गर्नु उदेकलाग्दो पक्ष हो। बैंक तथा वित्तीय संस्थामा केही गडबडी रहेछ भने त्यहाँ भएका निर्णयका दस्तावेजहरूले पर्याप्त रूपमा सूचना दिन्छ। र, एउटा प्रोफेशनल व्यक्ति आफूमाथि केही प्रश्न उठ्नेबित्तिकै भागिहाल्ने भन्ने पनि हुँदैन। यस्तो अवस्थामा व्यक्तित्व र योगदानमाथि अपमान हुनेगरी भएको प्रकाउले स्वभाविक रूपमा प्रश्न सतहमा ल्याउँछ।

कुरा, अशोक शेरचनको मात्र होइन। सबै उद्योगी, व्यवसायीहरूलाई हतोत्साही हुनेगरी अपनाइने यस्ता अनुसन्धान प्रक्रिया बहसका विषय पनि बनाइनुपर्छ। गल्ती गर्नेमाथि अनुसन्धान होस्, अभियोजन होस् र दण्ड पनि होस्। तर गलत प्रक्रियाबाट अनुसन्धान हुँदा त्यसले कुनै षड्यन्त्रको निजोजित खेलको झल्को दिन्छ। लामो समयदेखि नेपालको बैंक तथा वित्तीय सेवा क्षेत्रमा रहेर काम गरिरहेका अशोक शेरचनका हकमा पनि अपमानको यो शैली निन्दनीय छ।

प्रकाशित: २०८२ मङ्सिर १५ गते सोमबार ०१:४७
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना