२०८३ कार्तिक १६ गते आईतबार

नेपाली समाजमा डनिङ–क्रूगर प्रभाव

 |  सीताराम दाहाल
Sanket

सीताराम दाहाल

काठमाडौँ, मङ्सिर १९
sitaram

थोरै जानेपछि आफूलाई धेरै जान्छु भन्ने विश्वास जन्मिँदा समाजप्रतिको बुझाइ थप जटिल बन्दै जान्छ। चिया पसल, क्यान्टिन, कार्‍यालयदेखि मधुशालासम्म–सबै ठाउँमा विश्व राजनीति, भू–राजनीति, नवप्रवर्तन, ग्ल्यामरदेखि राज्यको विकास मोडलसम्मको व्याख्या सुनिन्छन्। सुन्दा लाग्छ–देश बनाउने समूह त चिया पसलदेखि चोक चौतारी हुँदै साँझपख दुःखका नोट बिक्री गर्ने भट्टीमा पो भेटिँदा रहेछन्। उनीहरूका तर्क यति मजबुत सुनिन्छ कि अवसर दिइएको भए उनीहरूले देश उहिल्यै रामराज्य बनाइसक्थे। यस्ता दृश्य राजनीति, प्रशासन र कार्‍यालयमा झनै स्पष्ट देखिन्छन्। नयाँ आर्थिक वर्ष सुरु भएको महिनौँ बितिसक्दा पनि कामको प्रभावकारिता कति भयो भन्ने प्रश्नले कसैलाई खासै छोएकै हुँदैन।

तर जब अर्धवार्षिक कार्यसम्पादन फारम भर्ने बेला आउँछ–सबैले आफ्नो ‘प्रगति’ उल्लेख्य भएको दाबी पेस गर्छन्। काम भए/नभएको, अर्थपूर्ण परिणाम हासिल भयो कि भएन? यस्ता सयौं प्रश्‍नहरूले जवाफकर्तालाई लखेटिरहेका हुन्छन्। तर आत्ममूल्यांकनको पृष्ठ भने भरिनै पर्छ, किनकि हामीकहाँ ‘कागजी उपलब्धी’ नै असली उपलब्धी ठहरिन्छ।

गोष्ठी, सेमिनार र अन्तरक्रियाका मञ्च त झन् अनौपचारिक विशेषज्ञताका खुलामञ्‍च बनेका छन्। सहभागी जो–कोही होस्, प्रत्येक विषयको ज्ञाता जस्तै प्रस्तुत हुन्छन्। र, अरू निकाय, अधिकारी वा नेतृत्व कहाँ चुक्यो? त्यसको स्पष्ट सूचीसमेत सुनाइदिन्छन्। तर जब सोही व्यक्तिको कार्‍यानुभव वा वास्तविक दक्षता हेर्न खोजिन्छ, त्यहाँ वैचारिक शून्यताले मौनतालाई आमन्त्रण गर्छ।

यही सामाजिक अवस्थाले एउटा मनोवैज्ञानिक सत्यतर्फ संकेत गर्छ, त्यो हो डनिङ–क्रूगर प्रभाव।

के हो डनिङ–क्रूगर प्रभाव?
सन् १९९९ मा कर्नेल विश्वविद्यालयका मनोवैज्ञानिक डेभिड डनिङ र जस्टिन क्रूगरले पहिलोपटक यस अवधारणाको सूत्रपात गरे। उनीहरूको अनुसन्धानले देखायो कि जुन व्यक्तिको दक्षता कम हुन्छ, उसले नै प्रायः आफूलाई अत्यधिक दक्ष ठान्छ। यो विचित्र देखिने व्यवहार वास्तवमा ‘मेटाकग्निसन’– अर्थात् आफूलाई स्वमूल्यांकन गर्ने क्षमताको कमीका कारण उत्पन्न हुन्छ। जसले कुनै विषय थोरै मात्र बुझ्छ, उसले त्यस विषयलाई समग्र बुझिसकेँ जस्तो व्यवहार देखाउँछ। यसैलाई ‘अज्ञानताको घमण्ड’ पनि भनिएको छ। विडम्बना! जसले धेरै बुझेका हुन्छन्, उनीहरू भने अझैं धेरै सिक्न बाँकी छ भनेर सचेत हुन्छन्।

नेपालजस्तो समाजमा, जहाँ सूचनाको पहुँच असमान छ, अवसर सीमित छन्, तर अभिव्यक्ति स्वतन्त्रता अत्यन्तै खुला छ– यस्तो समाजमा डनिङ–क्रूगर प्रभाव देखिन्छ। हाम्रो सामाजिक संरचना, शिक्षा प्रणाली र व्यवहारिक वातावरणले थोरै अनुभवलाई नै ‘विशेषज्ञता’ ठान्ने संस्कृतिलाई पोषित गरिरहेको छ। थोरै पढेपछि, थोरै सुनेपछि वा थोरै अनुभव पाएपछि आफूलाई विज्ञ ठान्ने प्रवृत्ति हाबी छ। कामभन्दा भाषण, नतिजाभन्दा योजना, तथ्यभन्दा तर्कप्रधान शैलीको वर्चस्व कायम छ। कागजी उपलब्धीले व्यवहारिक कमजोरी ढाक्ने कर्मचारीतन्त्रले आत्मसाथ गरेको संस्कृति र ‘मलाई सबै थाहा छ’ भन्ने सामाजिक मान्यताले समाजिक संरचनामा नकारात्मक असर पारिरहेको छ। अरूको सुझाव, भनाइ र आलोचना सुन्न नचाहने गैर–समीक्षात्मक मानसिकता नेपाली समाजका परिचायक बनेका छन्। चाहे त्यो राजनीति होस्, कर्मचारी प्रशासन, सामाजमा हुने विविध छलफल तथा भेलाहरू, सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा डनिङ–क्रूगर प्रभाव लगभग नेपालीहरूको दैनिकीजस्तै भइसकेको छ।

डा पुष्पराज जोशीका अनुसार, नेपाली नेतृत्व र सामाजिक व्यवहारमा यो प्रभाव तीन चरणमा प्रष्ट देखिन्छ–

  • कम क्षमतालाई अत्याधिक आत्मविश्वासले ढाक्ने प्रवृत्ति।
  • चेतना र आत्मबोधको कमी।
  • नैतिक निर्णय क्षमताको गिरावट।

यदि यी तीनै तहका कमजोरीहरू एकसाथ उपस्थित भए, व्यक्तिले मात्र होइन– संस्थाहरूले समेत गल्ती दोहोर्‍याइरहन्छन्। आफूले गरेका निर्णयहरूमा कसैले प्रश्‍न उठाउनु हुँदैन र त्यो नै अन्तिम सत्य हो भन्‍ने सोंचाई हाबी हुन्छ।

डनिङ–क्रूगर प्रभाव: रोग होइन, सामाजिक लक्षण
यो कुनै मानसिक रोग होइन; बरु सामाजिक संरचना र वातावरणले विकास गरेको व्यक्तिगत व्यवहारको उपज हो। हाम्रो परिवेशमा ‘अरूले मेरो बारे के भन्छन्?’ भन्ने सोचाइले नै त्यो व्यक्तिको व्यवहार निर्धारण गर्छ। विस्तारै, बाल्यकालदेखि नै ‘गरेकोभन्दा बढी देखाउने’ बानी बसालिन्छ। समयसँगै यही प्रवृत्ति परिपक्व भएर, आलोचना अस्वीकार गर्ने, नयाँ कुरा सिक्न नचाहने र अरूको क्षमता स्वीकार नगर्नेतर्फ लाग्छ। परिणामस्वरुप क्रमशः हाम्रो निर्णय क्षमता, कार्य–क्षमता र सामाजिक संवादमा नकारात्मक असर पार्दै जान्छ।

कसरी घटाउन सकिन्छ यो प्रभाव?
डनिङ–क्रूगर प्रभाव स्वतः हट्दैन, तर सचेत अभ्यासले ठूलो सुधार ल्याउन सक्छ।

  • आत्म–मूल्याङ्कनस् कामको सही मूल्याङ्कन गर्न सक्ने बानी विकास गर्नु। आफ्नो क्षमता, कमजोरी, सुधारको खाँचो बुझ्ने प्रयास गर्नु।
  • विशेषज्ञ र सहकर्मीको सुझावलाई सम्मानस् आफूले मात्र हैन, विषय विज्ञ, सहकर्मी वा शुभचिन्तकको विचार सुन्ने संस्कार बनाउनु।
  • आलोचना ग्रहण गर्ने क्षमतास् आलोचना भनेको अपमान होइन, विकासको दिशा हो भन्ने बुझ्नुपर्छ।
  • निरन्तर सिकाइ र अभ्यासस् जति जाने पनि—’अझै सिक्न बाँकी छ’ भन्ने सोचले नै व्यक्तिलाई वास्तविक दक्ष बनाउँछ।
  • संस्थागत सुधारस् कागजी प्रगति होइन, प्रमाणित नतिजालाई प्राथमिकता दिने व्यवस्थापन संस्कृति विकास गर्नु आवश्यक छ।

अन्त्यमा,
नेपालमा संवाद गर्नेकै कमी छैन; कमी छ त आफूलाई वास्तविक रूपमा जान्न सक्ने ईमानदार क्षमताको। यदि हामीले आफ्ना थोरै ज्ञानलाई धेरै ठान्ने बानी त्याग्न सक्यौँ भने, बहस अनुभवमा, भाषण परिणाममा र योजना कार्‍यान्वयनमा रूपान्तरित हुन सक्छ। डनिङ–क्रूगर प्रभाव अज्ञानतालाई ज्ञान ठान्ने गलत आत्मविश्वास हो। यदि हामीले यथार्थ बुझ्ने, आलोचना स्वीकार गर्ने र निरन्तर सिकिरहने संस्कार विकास गर्यौं भने– व्यक्ति, संस्था र देश– सबैको प्रगति स्वतः सम्भव छ।

(लेखक दाहाल नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हुन्।)

प्रकाशित: २०८२ मङ्सिर १९ गते शुक्रबार ०१:५४
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना