२०८३ कार्तिक २४ गते सोमबार

अर्थतन्त्र सुस्त हुँदाको असरः निक्षेप दुई खर्ब २२ अर्ब थपिँदा कर्जा विस्तार ६५ अर्ब मात्र

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २९
bank

काठमाडौं। चालू आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फ जाने कर्जा १२ प्रतिशत वृद्धि हुने लक्ष्य लिएको छ। चार महिनाको अवधिमा कर्जा विस्तारको अवस्था कमजोर देखिएको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कात्तिकमा कूल ६५ अर्ब ४ करोड रुपैयाँ कर्जा विस्तार भएको छ।

गत वर्षको सोही अवधिमा कर्जा विस्तार साढे दुई प्रतिशत भएको थियो। गत वर्षको कात्तिकमा कर्जा विस्तार एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ बढेको थियो।

वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ।

कर्जा विस्तार सुस्त भएका बेला बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप दूई खर्ब २२ अर्ब ३८ करोड रुपैयाँ थपिएको छ। निक्षेप परिचालन ३.१ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ।

अघिल्लोवर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ र ३५.९ प्रतिशत थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.३ प्रतिशत बढेको छ भने विकास बैंकहरूको ०.१ प्रतिशत घटेको छ।

२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ।

२०८१ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.० प्रतिशत रहेको थियो। चालू आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फ ३.२, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा २.९, औद्योगिक उत्पादन क्षेत्रमा १.९, उपभोग्य क्षेत्रतर्फ १.७, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ०.४ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशत बढेको छ।

यसबीचमा कृषि क्षेत्रतर्फको कर्जा २.६ र वित्त बिमा र अचल सम्पत्ति क्षेत्रको कर्जा २.५ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहितमध्ये मार्जिन प्रकृतिको कर्जा ३.९, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.४, क्यास क्रेडिट कर्जा १.८, हायर पर्चेज कर्जा १.३, माग तथा अन्य चालु पुँजी कर्जा १.१ र आवधिक कर्जा ०.९ प्रतिशत बढेको छ।

यसैगरी अधिविकर्ष कर्जा ४.९ र ट्रष्ट रिसिट (आयात) कर्जा २.१ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत १० खर्ब २१ अर्ब ५ करोड, स्थायी निक्षेप सुविधामार्फत एक ८५ खर्ब ३४ अर्ब ७५ करोड गरी कुल एक सय ९५ खर्ब ५५ अर्ब ८० करोड रुपैयाँ तरलता प्रशोचन भएको छ।

ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब २५ करोड गरी कूल एक सय ९५ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत (२२२ अर्ब ३८ करोड) वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.३ प्रतिशत (१४९ अर्ब ८४ करोड) बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत (२२२ अर्ब ३८ करोड) वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.३ प्रतिशत (१४९ अर्ब ८४ करोड) बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २०८२ मङ्सिर २९ गते सोमबार ०४:३८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना