२०८३ कार्तिक २४ गते सोमबार

संस्कृत भाषा दर्शन र चिन्तनको अपार ज्ञानभण्डार हो

 |  पुष्पकमल दाहाल 'प्रचण्ड'
Sanket

पुष्पकमल दाहाल 'प्रचण्ड'

दाङ, जेठ ३१
prachanda

नेपाल संस्कृत विश्वविद्यालयको कुलपतिका हैसियतले विश्वविद्यालयको प्राङ्गण बेलझुण्डी दाङमा आयोजित पाँचौँ दीक्षान्त समारोहमा उपस्थित भएर आफ्नो मन्तव्य व्यक्त गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। यस अवसरमा म नेपाल संस्कृत विश्वविद्यालयको स्थापना, यसको विकास र अग्रगतिका लागि अनवरत प्रयत्न गर्नुहुने संस्कृतप्रेमी सबै महानुभावहरूको श्रद्धापूर्वक स्मरण गर्दछु।

संस्कृत भाषा केवल प्राचीन भाषा मात्र नभई प्राच्य दर्शन र चिन्तनको अपार ज्ञानभण्डार पनि हो। विद्वानहरू भन्छन्– विविध विद्या र कलाका बारेमा जाने पनि जसले संस्कृत जान्दैन, उसले आफूलाई चिन्न सक्दैन। आफूलाई चिन्न मात्र होइन, पूर्वीय भूगोलमा बस्ने हामीहरूले आफ्नो माटो, आफ्नो देश, आफ्नो संस्कृति र समाजको सुगन्ध अनुभव गर्न पनि संस्कृतको ज्ञान अत्यावश्यक छ।

असतो मा सद्गमय
मृत्योर्मा अमृतं गमय
तमसो मा ज्योतिर्गमय

अर्थात्
असत्यबाट सत्यतिर, अन्धकारबाट प्रकाशतिर र मृत्युबाट अमरत्वतिरको यात्राका लागि प्रेरित गर्नु नै प्राच्य ऋषिमहर्षिहरूको मूल सन्देश हो। पृथ्वी, जल र अन्तरिक्षसहित समस्त चराचर जगत्को शान्ति अनि कल्याणको महत्तम कामना गर्नु प्राच्य संस्कृतिको उदात्त पहिचान हो। विश्वविद्यालयको कुलपतिका हैसियतले तपाईंहरू सबैलाई म यही शुभकामना ज्ञापन गर्दछु र तपार्इंहरूको कर्तव्य पनि यही हो भन्ने ठान्दछु।

हामी सबैलाई थाहा छ, प्राच्य मनीषीहरूद्वारा मानवीय सुख, समृद्धि, संस्कार तथा पर्यावरण संरक्षणका निम्ति भएका अद्वितीय अनुसन्धानको भण्डार संस्कृत भाषामा नै सुरक्षित छ। नेपाल संस्कृत विश्वविद्यालय यही परम्पराको उत्तराधिकारप्राप्त र देशका अन्य विश्वविद्यालयहरूभन्दा पृथक् पहिचान बोकेको शैक्षिक संस्था हो। पूर्वीय वाङ्मयको संरक्षण र संवर्धन गर्नुका साथै नेपालीपनको जगेर्ना गर्नु यसको मुख्य दायित्व एवम् कर्तव्य हो। नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विशेषगरी पौरस्त्य मूल्यमान्यता, संस्कार, संस्कृति र आदर्शको सम्वर्धन एवम् विकासमा नेसंविले दिएको योगदान अत्यन्त प्रशंसनीय छ। यस पृष्ठभूमिमा नेपाल संस्कृत विश्वविद्यालयद्वारा आज आयोजित पाँचौँ दीक्षान्त समारोह अत्यन्त महत्त्वपूर्ण, विशिष्ट प्रकृतिको र ऐतिहासिक छ।

विविध कारणले गर्दा नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत बाह्र वर्षयता सम्पन्न हुन सकेको थिएन। छात्रछात्राहरूको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमहरूलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनुपर्दछ।

वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्धनका लागि विश्वविद्यालयहरूबिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहन्छ।

देशको दोस्रो ठुलो र पुरानो विश्वविद्यालयको नाताले यस विश्वविद्यालयका शिक्षक, कर्मचारी र छात्रछात्राहरूमा गुरुतर दायित्व रहेको छ। नयाँ नयाँ खोज, आविष्कार तथा विकासका आधारहरू सबै शिक्षामा नै निर्भर हुने भएकाले यस विश्वविद्यालयबाट पनि समुन्नत समाज निर्माण गर्नसक्ने सुसंस्कृत, सक्षम र अनुशासित दक्ष नागरिकको उत्पादन हुने अपेक्षा गर्नु स्वाभाविकै हो। ‘उदार चरितानां तु वसुधैव कुटुम्बकम्’ को पाठ सिकाउने संस्कृत वाङ्मयको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने गराउने यस विश्वविद्यालयबाट राष्ट्रले धेरै ठुलो अपेक्षा गरिरहेको छ।

दीक्षाको शाब्दिक अर्थ हो– गुरु वा आचार्यबाट दिइने ज्ञान। त्यस्तो विमल ज्ञान, जसबाट कर्मवासनाको क्षय हुन्छ साथै मानिस निर्भय र मुक्त हुन्छ, त्यसलाई दीक्षा भनिन्छ र त्यही दीक्षाक्रमको समाप्ति नै ‘दीक्षान्त’ हो। आधुनिक विश्वविद्यालयहरूबाट ‘पराविद्या’ समकक्षी त्यस्तो निर्मल ज्ञानको अनुशीलन असम्भव भए पनि संस्कृत विश्वविद्यालयको सुदूर लक्ष्य यस्तै अमृतमय ज्ञानको विस्तारसँग जोडिनुपर्छ भन्ने म ठान्दछु। आधुनिक सन्दर्भमा चाहिँ कुनै विश्वविद्यालयबाट हुने निश्चित अध्ययन अवधि वा अध्ययन कार्यको समाप्ति नै दीक्षान्त हो। यहाँ उपस्थित सबै छात्रछात्राहरू कुनै निश्चित शैक्षिक अवधि पूर्ण गरेर आज दीक्षित हुँदै हुनुहुन्छ। तसर्थ तपाईंहरूको जीवनको यो अत्यन्त महत्त्वपूर्ण क्षण हो। तपाईंहरूलाई दीक्षा वाक्यहरूद्वारा दीक्षित गर्दाको यो क्षण मेरा लागि पनि अवश्य अविस्मरणीय रहने छ।

वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्धनका लागि विश्वविद्यालयहरूबिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहन्छ। विश्वविद्यालयहरूको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई नेपाल सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको छ। विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकार प्रतिबद्ध छ।

आज दीक्षित छात्रछात्राहरू नेपाल राष्ट्रको नवनिर्माणमा आफ्नो बौद्धिक क्षमता, शारीरिक शक्ति र मानसिक एकाग्रताको भरपूर उपयोग गर्न समर्थ हुनुहोस्, मेरो हार्दिक शुभकामना छ । अध्ययन गर्नु वा ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। प्राचीन गुरुकुलमा दीक्षान्तका बेला गुरुहरू आफ्ना शिष्यले आफूले पढाएको र सिकाएको कुरालाई कत्तिको आत्मसात् गर्‍यो, आफूले दिएको ज्ञानलाई उसले व्यवहारमा उतार्न सक्छ कि सक्दैन भन्ने कुराको परीक्षण गर्थे। यो कुरालाई मनन गरेर तपाईंहरूले पनि आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्ने प्रयत्न गर्नुहुनेछ साथै संस्कृत वाङ्मयभित्र रहेको ज्ञानराशिलाई लोकसमक्ष पस्किने अभिभारा आफूहरूमाथि रहेको यथार्थलाई बिर्सनु हुने छैन भन्ने मेरो विश्वास छ। वर्तमान अवधि गुणस्तरका लागि प्रतिस्पर्धाको समय हो। आफ्नो क्षमता र स्तरवृद्धि गर्दै जाने हो भने अवसरहरू स्वतः प्राप्त हुँदै जान्छन्। यो सत्यलाई हामी सबैले मनन गर्नुपर्छ।

आदरणीय प्रमुख अतिथिज्यूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यहाँजस्तो विशिष्ट विद्वान्लाई यस समारोहको प्रमुख अतिथिका रूपमा स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। यहाँको सारगर्भित दीक्षान्त मन्तव्यमा अन्तर्निहित विचारहरूलाई यस समारोहमा दीक्षित हुने छात्रछात्राहरूले मनन गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।

प्राचीन गुरुकुलमा दीक्षान्तका बेला गुरुहरू आफ्ना शिष्यले आफूले पढाएको र सिकाएको कुरालाई कत्तिको आत्मसात् गर्‍यो, आफूले दिएको ज्ञानलाई उसले व्यवहारमा उतार्न सक्छ कि सक्दैन भन्ने कुराको परीक्षण गर्थे।

नेपाल र भारतबीच दुई असल छिमेकीको सम्बन्ध मात्र होइन, खुल्ला सीमाना र ऐतिहासिक सांस्कृतिक सामीप्यका कारण जनस्तरमै गहिरो सम्बन्ध छ। मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा म पनि केही दिनअघि भारत भ्रमणमा गएको थिएँ। त्यहाँ प्राप्त सम्मान र आतिथ्यलाई मैले नेपालप्रतिको भारतको सम्मान र अपनत्वका रूपमा लिएको छु।

यतिबेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न लागिपरेका छौँ। मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु पनि त्यत्तिकै आवश्यक छ। राष्ट्रिय पुनर्जागरणको यो महान् यात्रामा नेपाल संस्कृत विश्वविद्यालयले पनि आफ्नो अंशदान गर्नै पर्छ। जनताको जीवनस्तर माथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन साथै आत्मनिर्भर तुल्याउन शिक्षण संस्थाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। यतिखेर यस विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तकहरू राजनीतिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी छ। मेरो नेतृत्वको सरकार यस विश्वविद्यालयका कार्ययोजनाहरूलाई सघाउन सदैव तयार रहेको कुरामा म तपाईंहरूलाई विश्वस्त तुल्याउन चाहन्छु।

म आज दीक्षा पाउने सबै छात्रछात्राहरूप्रति जीवनको यस महत्त्वपूर्ण घडीमा सफलता र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईंंहरूले आजसम्म आर्जित गरेको ज्ञान, सीप र दक्षताको व्यावहारिक प्रयोगको बेला आएको छ। कर्तव्यप्रतिको निष्ठा, आफूले आर्जेको ज्ञानप्रतिको विश्वास र दृढ इच्छाशक्तिका साथ यस विश्वविद्यालयको मर्यादा र प्रतिष्ठालाई ध्यानमा राखी अनुशासित भएर तपाईंहरू राष्ट्रसेवा र लोकहितमा प्रवृत्त हुनुहोस्। तपाईंहरूको ज्ञान राष्ट्रका लागि फलदायी र उपयोगी होस् साथै तपाईंहरूको व्यक्तिगत जीवन पनि सुखमय, समुन्नत र सफल बनोस् भन्ने शुभकामनासहित हार्दिक बधाई ज्ञापन गर्दछु।

अन्त्यमा, यस विश्वविद्यालयलाई यस स्थितिमा ल्याइपुर्‍याउने र यसको उन्नतिमा निरन्तर योगदान गर्ने सबै विद्वान्हरू, विश्वविद्यालयका पदाधिकारीहरू, सहयोगी व्यक्तित्वहरू, तमाम विद्यार्थीहरू र स्थानीय अभिभावकहरूमा धन्यवाद ज्ञापन गर्दछु। साथै, प्रमुख अतिथि प्रा.डा. त्रिपाठीज्यूमा पुनः हार्दिक आभार व्यक्त गर्दै मेरो मन्तव्य यही अन्त्य गर्दछु।

(नेपाल संस्कृत विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीक्षान्त समारोहमा दिएको मन्तव्यको पूर्णपाठ।)

प्रकाशित: २०८० जेठ ३१ गते बुधबार ०२:३४
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना