काठमाडौं– सरकारले राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ६६ पृष्ठको विद्युतीय राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा १० हजार तिर्नुपर्नेमा अब ५ हजार मात्रै तिरे पुग्ने भएको हो।
यसअघि ३४ पृष्ठको विद्युतीय राहदानी लिनका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था थियो। तर, मन्त्रिपरिषद्को गत २४ जेठको निर्णयअनुसार राहदानी नियमावली, २०७७ को अनुसूची ४ मा संशोधन गर्दै दस्तुर घटाइएको हो।
मन्त्रिपरिषद्को निर्णय ३२ जेठको राजपत्रमा प्रकाशित भएको र ३ असार आइतबारदेखि लागू हुने भन्दै राहदानी विभागले सम्बन्धित निकायमा सर्कुलर गरेको छ।


