२०८३ कार्तिक २३ गते आईतबार

पोख्रेलीलाई झस्काइ रहने वैशाखे सेतीको बाढी

 |  हरिप्रसाद बाँस्तोला
Sanket

हरिप्रसाद बाँस्तोला

काठमाडौँ, बैशाख २५
seti-1778146372

गण्डकी। स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख २३ गत शनिबार बिहान आएको विनाशकारी बाढी सम्झेर स्थानीय जनता अहिले पनि त्रसित देखिन्छन्।

माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाबाट खसेको हिमपहिरो र साना हिमताल फुट्दा उत्पन्न भएको विपद्लाई मार्मिक र दर्दनाक घटनाका रुपमा पोखरेली जनताले लिने गरेका छन्।

सेती नदीमा आएको वेमौसमी बाढीको चर्तिकला र त्यसले पुर्‍याएको धनजनको क्षतिबाट प्रभावित जनतामा त्रासको अवस्था सिर्जना भएको हो। बिहानपख अचानक आएको सेती नदीको बाढीले क्षणभरमै मानव जीवनलाई तहसनहस बनाएको थियो।

हिमाल र आसपासको क्षेत्रबाट झरेका विशाल तीन वटा ढुङ्गाले सेतीको खोचमा बाँध बनाएको र माथिल्लो भागबाट लगातार झरेको माटो, ढुङ्गा र गेग्रानले नदीमा अस्थायी बाँध बनायो, जसले त्यहीँ सानो तालको रुप लियो। अस्थायी प्रकृतिको तालमा पानी र माटो, बालुवा–ढु्ङ्गाको गेग्रान थपिदै जाँदा भार थेग्न नसकी तल्लो तटीय क्षेत्रतर्फ फुटी क्षणभरमै ५८ जनाको ज्यान गएको थियो।

सेतीनदी किनारमा सामान्य जस्तै थियो। खारपानी र सार्दीखोलाका बासिन्दा आफ्नै दैनिकीमा व्यस्त थिए भने वाहिरबाट गएकाहरूमध्ये केही स्थानीय तातोपानी कुण्डमा आनन्द लिइरहेका थिए भने कतिपय नदी किनारामा वनभोजमा रमाइरहेका थिए। यसैबीच त्यहाँ कसैले पनि कल्पना समेत गरेका थिएनन केही मिनेटमै त्यही शान्त सेतीनदी मृत्युको भेल बनेर आउनेछ भनेर।

पीडादायी सो घटनालाई जीवन्त र स्मरणीय बनाउने उद्देश्यले बाढीमा ज्यान गुमाउनेको स्मृतिमा रेडियो अन्नपूर्णद्धारा गठित राहतकोषको आर्थिक सहयोग र सार्दीखोला पोखरा सम्पर्क समाजको व्यवस्थापनमा निर्मित सेतीवाढी स्मृति पार्कमा निर्माण गरिएको स्तम्भमा उल्लेख गरिएको छ। स्तम्भमा लेखिए अनुसार कूल ५८ जनाको ज्यान गएकामा तीन जना विदेशीसहित ३१ जना बेपत्ताको सूचीमा रहेका छन्।

तीन वटा ढुङ्गा विस्तारै सँगसँगै बगेको कारण जति तल आयो त्यती बाढीले झन उग्ररुप लिएको र उक्त ढुङ्गाङ्गा मान्द्रो बेरेको चालमा विस्तारै बगेको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ चिप्लेटी निवासी घटनाका प्रत्येक्षदर्शी रामजी भण्डारी बताउँछन्।

सोही स्थानमा व्यापार व्यवसाय गर्दै आउनुभएका भण्डारीले भने,“ घर नजिक सेती नदीको किनारस्थित खरको कटेज छाउँदै गर्नुभएको अवस्थामा बुबाले चिच्याउँदै बाढी आयो सबै जना भाग भन्नासाथ भागेर ज्यान जोगाउन सकिएको हो, नत्र अहिले १४औ स्मृति दिवस सम्पन्न भइसक्थ्यो।”

सेतीनदीको दायाँबायाँ दुवैतर्फ बितन्डा मच्चाउने तीन वटा ढुङ्गा यही नजिक चिप्लेटीमा थन्किएको देख्न सकिन्छ। “बाढी आउँदा जमिन नै भूकम्प गएजस्तो भएको थियो” भण्डारी सम्झन्छन्, “वास्तवमा ५८ जनाको ज्यानखाने त तीनै ढुङ्गा वा होइन थप अनुसन्धानको बिषय बनेका छ।”

सेतीनदीभन्दा करिब २० मिटरमाथि रहेका ती तीन वटा ढुङ्गा वाढीपछि मात्र सो स्थानमा देखिएका हुन। जुन ढंङ्गा किनारामा लागेपछि सेतीनदीले पहिल्यकै सामान्य रुप लिएको उनी बताउँछन्।

“उक्त स्थानमा देखिएका ती ढंङ्ङ्गा नयाँ हुन बाढीभन्दा अघि थिएनन् बाढीसँगै आएका हुन्” उनले भने,“हामीले पुस्तौदेखि घाँस काट्ने, गाई भैँँसी चराउने, मकै– कोदो रोप्ने र भट्टमास छर्ने सो ठाउँमा अहिले पनि तीन वटै ढुङ्गासँगै रहेका छन्।”

भन्डारी भन्छन्, “सेतीबाढीका बारेमा धेरै अनुसन्धान भए, सतर्कताको यन्त्र पनि जडान गरिए तर सेतीनै थुन्ने र बाढीको प्रमुख भूमिका खेल्ने शान्त, तर इतिहास बोकेका तीनवटा ढुङ्ङ्गाको बारेमा कसैको पनि चासो र ध्यान पुगेको देखिँदैन। यदी ती ढुङ्गा उक्त स्थानमा नरोकिएको भए सेतीले थप उग्ररुप लिने र अझ बढी क्षेती पुर्‍याउने थियो।”

उक्त स्थानलाई पार्कका रुपमा विकास गर्दै बाढीमा ज्यान गुमाएकाहरुको तीनै ढुङ्गामा शालिक बनाउन सक्ने हो भने धार्मिक, सांस्कृतिक, र पुरातात्विक महत्वले आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने माछापुच्छ्रे गाउँपालिका वडा नं. २ का वडाध्यक्षका गणेश आचार्यको भनाइ छ। उनले ती ढुङ्गाका बारेमा आफू जानकार नभए पनि पुरातात्विक महत्वको सो क्षेत्रको स्थलगत अध्ययन गरेर सम्भावनाका वारेमा आवश्यक पहलसहित पर्यटन प्रवर्द्धनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि बाढीग्रस्त क्षेत्रसहित तातोपानी कुण्डलाई समेटेरे पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ रु २२ लाखको गुरुयोजना निर्माण भएपनि सम्बन्धित निकायबाट बजेटको व्यवस्था हुन नसकेकोमा उनको दुखेसो थियो।

माछापुच्छ्रे गाउँपालिका वडा नं. १ को सादल, कपुते, भराभरीलगायतका स्थान हुँदै सेती नदी थुनिएको स्थानसम्म पुग्नका लागि झण्डै २० देखि ३० किलोमिटरको दुरीमा पार गर्नुपर्ने उनी बताउँछन्। सेतीको बाढीले केवल मानवजीवन मात्र होइन, संरचना पनि तहसनहस बनायो। पुल, सडक, घर, खानेपानी र बिजुलीका संरचना क्षतिग्रस्त भए। पोखरा उपत्यकासम्म यसको असर देखिएको थियो।

प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) पोखराका प्रमुख डा रविन कडरियाका अनुसार सेतीमा आएको वेमौसमी बाढीले जनधनको क्षतिसहित पर्यटन प्रवर्द्धनमा समेत असर परेको बताउँदै माछापुच्छ«ेको वडा नं.१ मा रहेको तातोपानी कुण्डलाई थप व्यवस्थित गर्न लागिएको छ।

प्रकृतिको सुन्दरता जत्तिकै यसको शक्ति भयावह हुन सक्दछ भन्ने यथार्थ सेतीको यो बाढीले सधैँ सम्भाइरहने छ। बाढीले केवल संरचना मात्र होइन परिवारका आधारस्तम्भहरु पनि खोस्यो जसका कारण धेरैले आफन्त गुमाए भने कैयौँ बालबालिका अभिभावकविहीन हुन पुगे। सो घटनाको सम्झनमा यस क्षेत्रका स्थानीयको सहभागितामा विभिन्न कार्यक्रम हुँदै आएको छ।

प्रकाशित: २०८३ बैशाख २५ गते शुक्रबार ०९:२७
प्रतिक्रिया

थप समाचार

एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

काठमाडौँ: अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ...

अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत, ट्रम्पलाई ठूलो धक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत प्राप्त गर्दै डेमोक्रेटिक पार्टीले...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना