२०८३ कार्तिक २२ गते शनिवार

राजस्व बढाउन सरकारले लगायो हरित कर, पेट्रोल र डिजेल झनै महंगो बन्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १६
noc_petrol

काठमाडौं। सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी व्यवस्थामा महत्वपूर्ण संशोधन गरेको छ।

सरकारले बजेटमार्फत ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशूल्क खारेज गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरजस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो। छरिएर रहेका करका शीर्षकहरुलाई एकीकृत गरी राजस्व बढाउने उद्देश्यले हरित कर शीर्षकमा बढाइएको हो।

आर्थिक विधेयकअनुसार हरित कर पेट्रोलमा साबिकको प्रतिलिटर १ बाट बढाएर प्रतिलिटर १५ रुपैयाँ बनाइएको छ। यसमा सडक मर्मत दस्तुर, पूर्वाधार विकास करलगायतका करहरु समायोजन गरी हरित करमा राखिएको छ। त्यस्तै, हाइ स्पीड डिजेल प्रतिलिटर १ बाट बढाएर १३ पुर्याइएको छ।

विद्युत् सञ्चित गर्ने खालको इलेक्ट्रिक एकुमुलेटर, तिनका विभाजक सपोटर, पावर बैंक जस्ता वस्तुमा १५ प्रतिशत हरित कर लगाइएको छ। त्यस्तै, भ्याकुम क्लिनर तथा त्यसका पाटपूर्जामा ५ प्रतिशत हरित कर लगाइएको छ। स्पार्किङ प्लग, डिस्ट्रिब्युटर, स्टार्टर जेनेरेटर तथा अन्य जेनेरेटरहरुमा पनि ५ प्रतिशत हरित कर लगाइएको छ।

स्मार्ट फोन, सेलुलर सञ्जालहरु वा अन्य तारबिहीन सञ्जालका लागि प्रयोग हुने टेलिफोनहरुमा ५ प्रतिशत हरित कर लगाइएको छ। त्यस्तै, स्मार्ट घडीमा १५ प्रतिशत र नेटवर्किङ स्वीच, राउटरलगायत वस्तुमा ५ प्रतिशत हरित कर लगाइएको छ।

माइक्रोफोन तथा त्यसका स्टान्डहरुमा १५ प्रतिशत, लाउड स्पिकर, हेडफोन तथा एअरफोनमा १० प्रतिशत, सिमकार्ड, मेमोरी कार्ड, स्मार्ट कार्ड, प्रोजेक्टरलगायतका वस्तुमा पनि १० प्रतिशत हरित कर लगाइएको छ। सङ्ग्रहण उपकरण समाविष्ट भएका ट्रान्समिसन उपकरणहरु, टेलिभिजन क्यामेरा, डिजिटल क्यामेरा, भिडियो क्यामेरा रेकर्डर, सिसीटिभी क्यामेरा जस्ता वस्तुमा ५ प्रतिशत हरित कर लगाइएको छ।

एक हजार भोल्ट ननाघ्ने भोल्टेजका लागि विद्यतीय सर्किटहरुलाई स्वीच गर्न वा संरक्षण गर्नका लागि वा विद्युतीय सर्किटहरुमा सम्पर्क बनाउन प्रयोग हुने विद्युतीय उपकरणहरु जस्तै, स्वीच, रिले, फ्युज, सर्च सप्रेसर, प्लग, सकेट, ल्याम्प होल्डर, अन्य कनेक्टरहरु तथा अप्टिकल फाइबरमा १५ प्रतिशत हरित कर लगाइएको छ। साथै इलेक्ट्रोनिक चुरोटहरु, भेपमा ६० प्रतिशत हरित कर लगाइएको छ।

 

प्रकाशित: २०८३ जेठ १६ गते शनिवार ०८:१२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना