२०८३ कार्तिक २० गते बिहिबार

वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट: प्रामथिकतामा के–के परे?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
photo-20_d50c68bd

वीरगन्ज: मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित २०औँ नगर अधिवेशनमा ४ अर्ब ४२ करोड ३४ लाख ६८ हजार रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ।

चालु आर्थिक वर्षका लागि महानगरपालिकाले १९औँ नगर अधिवेशनमार्फत तीन अर्ब ६९ करोड १२ लाख ४६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो।

कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न नगर अधिवेशनमा वडा नं. ४ का अध्यक्ष जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ५४.३ प्रतिशत, पुँजीगततर्फ ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ १.१ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिए।

उनका अनुसार चालुतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षमा हालसम्म ५८.५ प्रतिशत बजेट खर्च भएको तथा आर्थिक वर्षको अन्त्यसम्ममा ६५ प्रतिशत खर्च हुने अनुमान रहेको जानकारी दिए।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटका प्रमुख स्रोतहरूमा संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यवस्थापन गरिने जानकारी दिइयो।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणलाई प्राथमिकता दिइएको छ। साथै, स्वरोजगार प्रवर्द्धन, सहर सौन्दर्यीकरण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरणका लागि विभिन्न कार्यक्रम र योजनाहरू समावेश गरिएका छन्।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख आलमले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरसफाइ, फोहोर व्यवस्थापन, स्वास्थ्य तथा शिक्षालाई विशेष प्राथमिकता दिइएको बताए।

उनले खानेपानी संकट समाधान, सिर्सिया खोलाको व्यवस्थापन, पूर्वाधार विकासलाई तीव्रता तथा पर्यटन प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए।  महानगरलाई व्यवस्थित, स्वच्छ र दिगो विकासको मार्गमा अघि बढाउने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको उनको भनाइ थियो।

प्रकाशित: २०८३ असार १० गते बुधबार ०५:१७
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना