२०८३ साउन ११ गते सोमबार

‘प्रधानमन्त्री-व्यवसायी संवादले उत्साही बनायो, अब बजार चलायमान बनाउनतर्फ लागौँ’

 |  प्रवलजंग पाण्डे
Sanket

प्रवलजंग पाण्डे

काठमाडौँ, असार २५
prabal

नयाँ सरकार गठनपछि प्रधानमन्त्री वालेन्द्र शाहको उद्योगी व्यवसायीसँग पहिलो पटक संवाद सुरु भयो। यसले व्यवसायीलाई निश्चय नै उत्साही बनाएको छ। अहिले व्यवसायीको मु्ख्य समस्या नयाँ क्षेत्रमा लगानी विस्तार भन्दा पनि सञ्चालनमा रहेका व्यवसायलाई कसरी चलायमान बनाएर जोगाउने भन्ने प्रमुख कुरा हो।

हामी व्यवसायीले बजारको माग भन्दा कयौं गुणा बढी क्षमतालाई धान्ने उद्योग स्थापना गरिसकेका छौं। हामीले सोच्यौं, विगतका वर्षहरुमा जस्तै हरेक वर्ष १०/१५ प्रतिशतका दरले माग बढदै जान्छ। तर, त्यस विपरित केही वर्षदेखि माग बढनुको सट्टा बजार खुम्चिदै गइरहेको छ।

फलस्वरुप, हामीबीच भइरहेको अस्वस्थ प्रतिस्पर्धाले नै नाफा संकुचन हुन गएको हो। हामीले बजारमा उधारो बढायौं। जबकी, हामीसँग उधारो उठाउने कानुन अहिलेसम्म बनेको छैन्। कानुनको चर्चा चलेको लामो समय भइसक्यो। अहिले व्यवसायीलाई पहिला उधारो उठाउने कानुन चाहिएको छ।

बजार चलायमान बनाउनु परेको छ। सरकारले बजेटमार्फत व्यक्तिगत आयकर कम गरि व्यक्तिको खर्चको क्षमता बढाएर बजारमा माग बढाउन खोजेको देखिन्छ।

शनिबार र आईतबार बिदा दिएर आन्तरिक पर्यटन बढाउन खोजेको छ। अब आयात प्रतिस्थापन गरी स्वदेशी उत्पादन वृद्धि गर्नतर्फ सोचौं। हरेक उपभोग्य वस्तुलाई कसरी विदेशी उत्पादनसँग प्रतिस्थापन गर्नेतर्फ अध्ययन गरौं।

कृषि उत्पादनमा हाम्रो लागत उच्च छ। हामी चीनको स्याउ खाइरहेका छौं। जबकी, हाम्रा स्याउहरु तुलनात्मकरुपमा गुणस्तरिय छन्। कृषिमा नीजि क्षेत्रलाई प्रोत्साहन गरौं। जसले उत्पादनमा प्रविधि भित्र्याई लागत कम गर्न सकोस।

कृषि उत्पादनको बजारीकरण गर्न सकोस र कृषिलाई चाहिने जमिन सरकारले लिजमा उपलब्ध गराओस। जबसम्म कृषिमा आत्मनिर्भर हुदैन,तबसम्म कुनै पनि मुलुक समृद्द बन्न सक्दैन।

कृषिपछि पर्यटन विकासमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको क्षमता विस्तार अपरिहार्य छ। यसका लागि विदेशी साझेदारी भित्र्याउनसमेत हामी तयार रहनुपर्छ। नेपाल भारत सीमाबाटै पर्यटकीय स्थलसम्मको बाटो स्तरोन्ती आवश्यक छ।

ऊर्जातर्फ चीनमा पनि बिजुली निर्यातको ढोका खोल्न जरुरी छ। हाम्रो आन्तरिक खपत वृद्धि गर्दै आयातित ग्यास र पेट्रोयियम पदार्थको विस्तापन गर्दै जानुपर्छ।

सुचना प्रविधितर्फ नेपाललाई डाटा सेन्टरको हब बनाउन सकिने भएकाले त्यसतर्फ सोच्नुपर्छ। नेपालमा मेडिकल शिक्षाको हब बनाउनेतर्फ पनि सोचौं। दार्जलिङ जस्तो कुनै पहाडी क्षेत्रमा विदेशी विद्यालयहरु सञ्चालन गरेर छिमेकी मुलुकका विद्यार्थी आकर्षित गर्नतर्फ सोच्न ढिला भइसकेको छ।

अन्त्यमा, निजी क्षेत्र, सरकार र सबै नेपाली मिलेर मुलुकलाई समृद्द बनाऔं।

(पाण्डे उद्योग वाणिज्य महसंघको एसोसिएट उपाध्यक्ष हुन्।)

प्रकाशित: २०८३ असार २५ गते बिहिबार ०८:२४
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना