काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ। आज परिसूचक नप्से २१.१५ अंक घटेर २ हजार ६६३.१८ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँबराबरको १ करोड ७ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलरको सेयरमूल्यमा यस दिन पनि सकारात्मक सर्किट लागेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ११.६७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन खानीखोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


