२०८३ कार्तिक १७ गते सोमबार

मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले ३ अर्ब ऋण लिँदै, आम्दानी विविधीकरणमा केन्द्रित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
web-post_41889b9e

काठमाडौँ: नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा विस्तार गर्ने उद्देश्यले बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको ऋण लिने प्रक्रिया अघि बढाएका छन्।

दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै ऋण लिने बाटो खुलेको हो। परम्परागत रूपमा ब्रोकर कमिसनमा मात्र निर्भर रहँदै आएका यी कम्पनीहरूले पछिल्लो समय ब्याज आम्दानीमार्फत आयको स्रोत विविधीकरण गर्न मार्जिन कर्जा प्रवाहलाई प्राथमिकतामा राखेका हुन्।

पन्ध्र वर्षदेखि बजारमा सक्रिय दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँको अल्पकालीन ऋण सुविधाका लागि रेटिङ गराएको छ। केयर रेटिङ्स नेपालले यस कम्पनीको प्रस्तावित ऋणलाई ‘केयर–एनपी ए३’ रेटिङ प्रदान गरेको छ। हाल १८औँ स्थानमा रहेको यस ब्रोकरले प्राप्त गर्ने ऋण मुख्यतः लगानीकर्तालाई मार्जिन ट्रेडिङ सुविधा उपलब्ध गराउन र कार्यशील पूँजी व्यवस्थापनमा परिचालन गर्ने योजना बनाएको छ।

आर्थिक वर्ष २०८२÷८३ मा ५४ अर्ब २६ करोड रुपैयाँको कारोबार गरेको यस कम्पनीको नेटवर्थ ५० करोड ३० लाख रुपैयाँ रहेको छ भने ऋणको भार न्यून देखिएकाले थप लगानीका लागि बलियो आधार तयार भएको छ। त्यस्तै, अर्को उदाउँदो ब्रोकर कम्पनी कलश स्टक मार्केटले १ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ।

छोटो अवधिमै बजार हिस्सा १.१२ प्रतिशत पु¥याउन सफल यस कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर–एनपी ए४ प्लस’ रेटिङ दिएको छ। २०२४ देखि व्यावसायिक कारोबार सुरु गरेको कलशले आफ्नो ग्राहक संख्या करिब १७ हजार ३४० पु¥याएको छ।

कम्पनीले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर आफ्ना ग्राहकलाई प्रिमियम दरमा मार्जिन सुविधा दिने रणनीति अपनाएको छ। स्टक एक्सचेन्जबाट मार्जिन कर्जा प्रवाहको स्वीकृति पाइसकेको यस कम्पनीको आम्दानीमा हाल ब्रोकर कमिसनको हिस्सा ९६ प्रतिशत रहे पनि आगामी दिनमा ब्याज आम्दानीले वित्तीय सन्तुलन मिलाउने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकले मार्जिन कर्जामा गरेको नीतिगत लचकता र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जारी गरेको मार्जिन ट्रेडिङ सुविधा निर्देशिकाका कारण ब्रोकरहरू यो सेवातर्फ आकर्षित भएका हुन्। राष्ट्र बैंकले बैंकहरूको एकल ग्राहक कर्जा सीमा बढाउनुका साथै सेयर कर्जाको जोखिमभार १०० प्रतिशतमा झारेपछि बैंकहरूलाई पनि ब्रोकरमार्फत कर्जा प्रवाह गर्न सहज भएको छ।

यसका साथै सरकारले आगामी दिनमा सेयर बजारमा सर्ट सेलिङ र इन्ट्राडे कारोबार सुरु गर्ने तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश दिने नीति लिएकाले पनि बजारमा तरलता र कारोबार बढ्ने र मार्जिन कर्जाको माग उच्च हुने आँकलन गरिएको छ। तर, मार्जिन कारोबारको विस्तारसँगै ब्रोकर कम्पनीहरूको जोखिम पनि बढ्ने देखिएको छ।

बजारमा हुने तीव्र उतारचढावले कमिसन र ब्याज आम्दानी दुवैलाई प्रभावित पार्न सक्ने भएकाले कर्जा जोखिम र तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ। ब्रोकरमार्फत प्रवाह हुने यो थप ३ अर्ब रुपैयाँको कर्जाले दोस्रो बजारमा पुँजीको उपलब्धता बढाउनुका साथै समग्र बजारको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: २०८३ भदौ ७ गते आईतबार ०१:२७
प्रतिक्रिया

थप समाचार

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना