२०८३ भदौ ३० गते मङ्गलबार

रुपाकोर्ट रिसोर्टले आईपीओ निष्कासन गर्ने, ‘आइडिया टू आईपीओ’मा एनआईसी एशिया क्यापिटल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
rupakot_resort

काठमाडौं। पछिल्ला वर्ष होटल क्षेत्रले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न थालेका छन्। डेढ दजर्न होटलहरुले ६ अर्ब ४५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

यस्तै रुपाकोट रिसोर्ट लिमिटेडले पनि आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ। रिसोर्टले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

रिसोर्ट कास्कीको रुपा ६, मैदानमा रहेको छ। आवश्यक परामर्श तथा अन्य सेवा उपलब्ध गराउने गरी एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो।

पोखराको रुपाकोट क्षेत्रमा अवस्थित रुपाकोट रिसोर्ट नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा स्थापित गन्तव्यका रूपमा रहेको छ। प्राकृतिक सौन्दर्य, शान्त तथा रमणीय वातावरण, हिमाली शृंखलाको दृश्य तथा रुपा र बेगनास तालको मनोरम अवलोकन गर्न सकिने स्थानमा रिसोर्ट रहेको छ।

रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सेवा विस्तार गर्दै आएको जनाएको छ।

रिसोर्टमा आवासीय सुविधा, भोजन तथा पेय पदार्थ, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसका कारण पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभासम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रिसोर्ट उपयुक्त गन्तव्यका रूपमा विकास भएको बताइएको छ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवाअन्तर्गत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा परिणत गरी सर्वसाधारणका लागि सेयर निष्कासनसम्मको प्रक्रियामा आवश्यक परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित: २०८३ भदौ ८ गते सोमबार १०:५०
प्रतिक्रिया

थप समाचार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...

पुँजीबजार सुधार कार्ययोजनाको प्रभाव सेयर बजारमा, नेप्से ४८.५७ अंकले बढ्यो, कारोबार दोब्बर

काठमाडौँ: अर्थमन्त्रालयले अघि सारेको पुँजी बजार सुधारसम्बन्धी कार्ययोजनाको प्रभाव सेयर बजारमा परेको छ। सोमबार साँझ सार्वजनिक गरिएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले बजारमा...

रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौँः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २९ गते साँझ बसेको सञ्चालक समितिको...

पुँजी बजार पुनरुत्थान कार्ययोजनाले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउनेछ

लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापन, फ्युचर प्रस्पेटिभ, डेभिडेन्ड इल्ड र पीइ रेसियो जस्ता आधारभूत सूचकलाई हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

पुनरुत्थान कार्ययोजना पुँजी बजार विकासका लागि महत्त्वपूर्ण नीतिगत पहलः अध्यक्ष ढकाल

काठमाडौँ: स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनालाई...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना