२०८३ भदौ ३० गते मङ्गलबार

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ८
dividend

काठमाडौँः सानिमा क्यापिटल लिमिटेडद्वारा सञ्चालित सानिमा ग्रोथ फण्ड र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन्।

सानिमा ग्रोथ फण्डले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सनराइज फोकस्ड इक्विटी फण्डले करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सानिमा ग्रोथ फण्डले लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ १७ गतेसम्म कायम इकाइधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।

सनराइज फोकस्ड इक्विटी फण्डले भने लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति पछि सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित: २०८३ भदौ ८ गते सोमबार ११:४८
प्रतिक्रिया

थप समाचार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...

पुँजीबजार सुधार कार्ययोजनाको प्रभाव सेयर बजारमा, नेप्से ४८.५७ अंकले बढ्यो, कारोबार दोब्बर

काठमाडौँ: अर्थमन्त्रालयले अघि सारेको पुँजी बजार सुधारसम्बन्धी कार्ययोजनाको प्रभाव सेयर बजारमा परेको छ। सोमबार साँझ सार्वजनिक गरिएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले बजारमा...

रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौँः रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २९ गते साँझ बसेको सञ्चालक समितिको...

पुँजी बजार पुनरुत्थान कार्ययोजनाले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउनेछ

लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापन, फ्युचर प्रस्पेटिभ, डेभिडेन्ड इल्ड र पीइ रेसियो जस्ता आधारभूत सूचकलाई हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

पुनरुत्थान कार्ययोजना पुँजी बजार विकासका लागि महत्त्वपूर्ण नीतिगत पहलः अध्यक्ष ढकाल

काठमाडौँ: स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनालाई...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना