२०८३ कार्तिक २२ गते शनिवार

काठमाडौँमा व्यवसाय गर्नुहुन्छ? यस्तो छ महानगरलाई तिर्नुपर्ने करको दर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
kathmandu_business

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ। आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ।

महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो। काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ उद्योग (कोकाकोला, पेप्सीकोला, फ्रुटी आदि) घरेलुमा दर्ता भएका रु ५० हजार कर तिर्नुपर्नेछ।

घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क रु दुई हजार, डिस्टिलरी उद्योगलाई रु ५० हजार, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई रु पाँच हजार र आयातयोग्य वस्तु तथा व्यवसायलाई रु १० हजार कर तोकिएको छ।

चलचित्र निर्माण कम्पनीलाई रु १५ हजार तथा वितरक कम्पनीलाई रु पाँच हजार कर तोकिएको छ। मिनरल वाटर उद्योगलाई रु पाँच हजार, आइसक्रिम उद्योग ठूलो (तीन किलोवाटभन्दा माथि) लाई रु १० हजार र यस्तो घरेलु उद्योग (तीन किलोवाट सम्म) लाई रु दुई हजार कर तोकिएको छ।

ब्रान्डेड बिस्कुट, पाउरोटी, केक उद्योगलाई रु १० हजार र यस्ता घरेलु उद्योगलाई रु दुई हजार कर तोकिएको छ। डेरी उद्योगले रु १० हजार, कुटानी–पिसानी मिलले रु पाँच हजार, ब्रान्डेड जुत्ता, चप्पल उद्योगले रु १२ हजार, ब्याग, बेल्ट, पर्स आदि उत्पादन उद्योगले रु पाँच हजार कर तिर्नुपर्नेछ।

खाद्यान्न उद्योग (पाँच किलोवाटभन्दा माथि) का लागि रु १० हजार र यस्ता साना उद्योगलाई रु पाँच हजार कर तोकिएको छ। कार्पेट, गार्मेन्ट, पस्मिना र प्लाष्टिक उद्योगले रु १० हजार कर तिर्नुपर्नेछ। कापी, किताब तथा मुद्रण उद्योगका लागि क्षमताअनुसार रु दुई हजारदेखि १२ हजार, जमिनमुनिको पानी प्रशोधन उद्योगका लागि रु ५० हजार, बोटल र जार पानी उद्योगका लागि रु सात हजार कर तोकिएको छ।

त्यस्तै, डसना, कुसन बनाउने उद्योगलाई रु पाँच हजार र हर्बल उद्योगलाई रु दुई हजार कर लाग्नेछ। सडक पुल, रोपवे, रेलवे, टनेल, फ्लाइब्रिज तथा औद्योगिक, व्यापारिक एवं आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने उद्योग व्यवसायलाई रु २५ हजार कर लाग्नेछ। किराना पसल खुद्रा पसलका लागि दुई हजार, थोक किराना पसलका लागि पाँच हजार, थोक खाद्यान्न बिक्रेतालाई रु १० हजार, खाद्यान्न खुद्रा बिक्रीमा रु तीन हजार, मौरीपालन व्यवसायमा रु दुई हजार र कुखुराको चल्ला बिक्री गर्दा रु तीन हजार कर तिर्नुपर्नेछ।

डेरी उद्योगले रु १० हजार, कुटानी–पिसानी मिलले रु पाँच हजार, ब्रान्डेड जुत्ता, चप्पल उद्योगले रु १२ हजार, ब्याग, बेल्ट, पर्स आदि उत्पादन उद्योगले रु पाँच हजार कर तिर्नुपर्नेछ।

त्यस्तै, फलफूल, जुस तथा तरकारी बेच्ने खुद्रा पसलका लागि रु एक हजार, फलफूल तथा तरकारी थोक पसलका लागि रु दुई हजार, फलफूल र बिरुवा बिक्रेता (नर्सरी) लाई रु दुई हजार कर तोकिएको छ। माछा÷मासु, अण्डा खुद्रा बिक्रेताले रु दुई हजार पाँच सय र थोक बिक्रेताले रु ६ हजार कर तिर्नुपर्नेछ। प्रशोधित मासुजन्य बिक्री व्यवसायमा रु पाँच हजार कर तोकिएको छ। तरकारी खेती, पशुपक्षी पालनलगायत अन्य कृषिजन्य कार्य गर्ने व्यवसायका लागि रु दुई हजार, पेट शप (घरपालुवा पशुपक्षीको दाना÷आहारा बिक्री) गर्ने थोक पसलका लागि रु सात हजार र खुद्रा पसलका लागि रु तीन हजार कर तोकिएको छ। त्यसैगरी, कुकुर प्रजनन केन्द्र (डग व्रिडिङ्ग फर्म) का लागि रु पाँच हजार, आधुनिक पशु बधशाला, तरकारीको बीउ बिजन खरिद बिक्री गर्ने पसलका लागि रु दुई हजार कर तोकिएको छ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटलका लागि रु एक लाख, चारतारे होटलका लागि रु ८० हजार, तीनतारे होटलका लागि रु ६० हजार, दुईतारे होटलका लागि रु ४० हजार र एकतारे होटलका लागि रु २०  हजार कर लाग्नेछ। चलचित्र प्रदर्शनी घर, साधारण होटल, लज, गेष्टहाउस, ५० जनाभन्दा बढी क्षमताको होमस्टे, रेष्टुरेन्ट एन्ड बार (डान्स, दोहोरीबाहेक), ट्राभल एन्ड ट्रेकिङ एजेन्सीहरुका लागि रु १० हजार कर लगाइएको छ।

मसाजपार्लर, स्पा, ज्याकुजी, सौनाबाथ, स्विमिङपुलका लागि पनि रु १० हजार कर तोकिएको छ। पर्यटकीय खेल (गल्फर्कोस, र्याफ्टिङ, सफारी, अश्वारोहण, स्किइङ, ग्लाइडिङ, वाटरर्याफ्टिङ पोनिट्रेकिङ, प्याराग्लाइडिङ, पोलो, बन्जिजम्प, केबुलकार, रिसोर्ट, होटल आदि) को सम्पर्क कार्यालयका लागि रु तीन हजार कर लाग्नेछ।

विदेशी विमान सेवा प्रदायक कम्पनीलाई रु ५० हजार र स्वदेशी विमान सेवालाई रु २५ हजार कर तोकिएको छ। वायुयान भाडामा लगाउने व्यवसाय गर्ने कम्पनी, डिस्को, नाइट क्लब, वैदेशिक रोजगार सम्पर्क व्यवसायलगायतलाई लाई रु २५ हजार कर लाग्नेछ।

त्यसैगरी, क्यासिनोमा रु तीन लाख र मिनी क्यासिनोलाई रु २५ हजार कर लगाइएको छ। टे«किङ सामान पसल, मनोरञ्जन सेवा प्रदान गर्ने व्यवसाय, थान्का पसल, डान्स ट्रेनिङ सेन्टर, सङ्गीतसम्बन्धी सेवा प्रदान गर्ने व्यवसाय, ट्याटु हाउसलाई रु पाँच हजार कर तोकिएको छ। ५० जना सम्मको होस्टेलका लागि रु तीन हजार र ५० जनाभन्दा बढीको होस्टेलले रु पाँच हजार कर तिर्नुपर्नेछ। मेकअप स्टुडियोले तीन हजार, पाँच रोपनीसम्म क्षेत्रफल भएको फन पार्कले रु १० हजार, दश रोपनीसम्म क्षेत्रफलमा फैलिएकाले रु २० हजार र दश रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको फनपार्कले रु ३० हजार कर तिर्नुपर्नेछ।

सञ्चार क्षेत्रतर्फ टेलिभिजन प्रसारण कम्पनीलाई रु पाँच हजार, एफएम स्टेसनलाई रु एक हजार, अनलाइन सेवा बिजनेसलाई रु दुई हजार, अनलाइन न्यूज पोर्टललाई रु पाँच सय, राष्ट्रिय पत्रिकालाई रु दुई हजार, स्थानीय पत्रिकालाई रु एक हजार र साइबर क्याफेलाई रु दुई हजार कर तोकिएको छ।

प्रकाशित: २०८० असार १० गते आईतबार ०७:०६
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना