२०८३ कार्तिक २२ गते शनिवार

‍भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
bharatpur

भरतपुर- भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार बजेट प्रस्तुत गरेको छ। महानगरको १३औँ नगरसभामा नगर उपप्रमुख चित्रसेन अधिकारीले सो रकम बराबरको बजेट प्रस्तुत गरेका हुन्।

भरतपुर महानगरको आन्तरिक आयतर्फ रु एक अर्ब ७५ करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरबाट रु एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट रु ५० करोड, बैैंक मौजाद रु एक अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट रु तीन करोड रहने प्रक्षेपण गरिएको छ। अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु एक अर्ब १० करोड रहने प्रक्षेपण गरिएको अधिकारीले नगरसभामा जानकारी दिए।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न एकमुष्ट रु एक अर्ब ६५ करोड बजेट विनियोजन गरिएको छ।

हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइने छ। यसरी कार्यान्वय हुने योजनाहरुका लागि प्रत्येक वडाका लागि रु दुई करोड ७५ लाखको दरले जम्ममा रु ७९ करोड ७५ लाख प्रस्ताव गरिएको छ। महानगरपालिकाका ठूला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माणका लागि समपूरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउन रु १० करोड, महानगरभित्र स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण, फाउन्डेसन सहितको मेसजाली निर्माण, हरियाली सहितको नमूना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, ओभरहेड ब्रिज निर्माण, परियोजना बैैंक निर्माण लगायतका सहरी सौन्र्दय र भू–उपयोग तथा बस्ती विकाससम्बन्धी नीति कार्यान्वयन गर्न एकमुष्ट रु १६ करोड विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा स्रोत सुनिश्चितता गरी ठेक्का लगाइएका योजनाहरुका लागि रु १२ करोड बजेट विनियोजन गरिएको नगरसभामा जानकारी गराइएको छ।

नक्सा प्रणालीलाई व्यवस्थित गर्नका लागि बजेटको व्यवस्था गरिएको छ। कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रिकीकरण कार्यक्रमलाई निरन्तरता, कृषकहरूको क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरणका तालिमहरु सञ्चालन, कृषकहरूलाई अनुदानमा कृषियन्त्र उपकरण उपलब्ध गराउने, खाद्यान्न बीउ उत्पादन गर्ने, कृषकलाई उत्पादन परिमाणका आधारमा अनुदान दिने लगायतका कृषिसम्बन्धी नीति कार्यान्वयन गर्नका लागि रु सात करोड विनियोजन गरिएको छ। बालबालिका ज्येष्ठ नागरिक तथा लक्षित महिला समूहका लागि विशेष स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि रु चार करोड विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा भरतपुर महानगरपालिकाले रु ६ अर्ब २१ करोड १९ लाख ७४ हजार बजेट विनियोजन गरेको थियो। अनुमानित आयमा २०८० जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी रु ९७ करोड ५८ अर्थात् ६६ प्रतिशत आम्दानी गरेको सभालाई जानकारी गराइएको थियो। व्ययतर्फ चालु शीर्षकमा रु दुई अर्ब ६६ करोड १० लाख १९ हजार विनियोजन भएकामा २०८० जेठ मसान्तसम्म रु एक अर्ब ७५ करोड ५८ लाख ८८ हजार अर्थात् ६५ प्रतिशत र पूँजीगततर्फ रु तीन अर्ब ५५ करोड नौ लाख ५५ हजार विनियोजन भएकोमा रु एक अर्ब २१ करोड ९१ लाख ६९ हजार अर्थात् ३५ प्रतिशत खर्च भएको छ। कूल खर्च रु दुई अर्ब ९८ करोड पाँच लाख अर्थात् ४८ प्रतिशत भएको अवस्था रहेको सभामा जानकारी दिइएको थियो। गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अधुरो कार्य पूरा गर्नका लागि सङ्घीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहर्काय गर्न रु तीन करोड विनियोजन गरिएको छ।

यसअघि प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यसैगरी, विनियोजन ऐन, न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन पेस गरिएको छ। कार्यपालिका सदस्यहरुले सोमबारसम्म अध्ययन गरेर मङ्गलबार पुनः छलफल गरी पारित गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित: २०८० असार १० गते आईतबार ०८:५७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना