काठमाडौं- आकस्मिक रूपमा काठमाडौँ उत्रिएका इकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा पाकिस्तान प्रस्थान गरेका छन्।
हङकङ बिजनेस एभिएसनको चार्टर्ड जहाजबाट उनी पाकिस्तानको लाहोरका लागि प्रस्थान गरेका हुन्। बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पाकिस्तान उडेका हुन्।
मंगलबार दिउँसो काठमाडौं आएका उनी काठमाडौंको द्वारिकाज होटलमा बसे। ज्याकले कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायरलगायत ठाउँको अवलोकन गरेका थिए।


