सन् १९९७ मा एसियाली क्षेत्रमा देखिएको वित्तीय संकटपछि एसियाका नेताहरूले वकालत गर्ने ‘एसियाली मान्यता’ हराउन थाल्यो। पूर्व र दक्षिण पूर्वी एसियाली मुलुकका अनुशासित सरकारहरुसँग पतन हुँदै गएको पश्चिमाहरूसँगको तुलनामा एक अद्वितीय आर्थिक धार रहेको विश्वास गरिन्थ्यो। विस्तारै यो विचार कमजोर हुँदै गयो।
आज समृद्ध पूर्वी एसियामा ती मूल्यमान्यता झनै विचित्र हुँदै गएका छन्।
चीन, जापान, दक्षिण कोरिया र ताइवानमा परम्परागत पारिवारिक पद्धतिको पतन भइरहेको छ। चीनमा लाखौँ युवाहरूले अन्य मुलुकको तुलानामा एक्लोपना बढी महसुस गर्न थालेका छन्। चीनमा सामाजिक-आर्थिक र जनसांख्यकीय परिणामहरूको अस्थिरताले लाखौँ जीवन प्रभावित छन्।
यता जापानमा सन् १९८० सम्म एक सन्तानका अभिभावकको संख्या ४२ प्रतिशत थियो। यस्तै एकल जीवनयापन गर्नेको संख्या २० प्रतिशत थियो। सन् २०२० मा आउँदा बच्चा भएका जोडीको संख्या २५ प्रतिशत छ भने एकल जीवनयापन गर्नेको संख्या ३८ प्रतिशत छ। सन्तान जन्माउनेको संख्या ओरालो लाग्दै गएको छ। गत वर्ष गरिएको एक अध्ययनमा १८ देखि ३४ उमेर समूहका १७ प्रतिशत पुरूष र १५ प्रतिशत महिलाले विवाह नगर्ने बताएका थिए। सन् १९८० को तथ्यांक दाँज्दा एकल जीवनयापन गर्न चाहने पुरूषको संख्यामा २ प्रतिशत र महिलाको संख्यामा ४ प्रतिशतले वृद्धि भएको छ। यता चीनमा विवाहको संख्या दशक यताकै न्यून छ।
चिनियाँ, जापानी, ताइवानी तथा दक्षिण कोरियालीलेहरूले सम्भ्रान्त मुलुकका युवाहरूको शैली पछ्याएको देखिन्छ। सन् १९६० देखि २०१०को बीचमा युरोपमा विवाहदर आधाले झरेको थियो। अहिले पूर्वी एसियाली मुलुकमा यस्तै स्थिति छ। अधिकांशका लागि विवाह परम्परागत प्रणाली र भड्किलो लाग्न थालेको छ। पूर्वी एसियामा विवाहलाई अझै पनि कन्पुसियसवाद अनुरूप विश्वास गरिन्छ। यो सिद्धान्तले भन्छ-‘विवाह एक प्रभावशाली पुरूष र विनम्र महिलाबीचको मिलन हो।’
चीनको एक बच्चा नीति परिमार्जन गर्दै हाल तीन वटासम्म जन्माउन स्वीकृति दिएको छ। प्रजनन दरको स्थिति सुधार नभएमा पूर्वी एसियाली मुलुकको कुल जनसंख्या सन् २०७५ सम्म २८ प्रतिशतले घट्ने देखिन्छ।
यता दक्षिण कोरियामा यसलाई जीप-सराम भनिन्छ। यसको अर्थ महिलाले घरेलु काम गर्नुपर्छ। पुरूषलाई बकत-यङबान अर्थात् बाहिरको काम गर्ने रूपमा व्याख्या गरिन्छ।
घर-जग्गाको भाउ तथा अन्य सम्पत्तिको मूल्यमा भारी वृद्धिका कारण पनि धेरै मानिसहरू विवाह गर्न हिच्किचाउँछन्। यसको विकल्पमा भाडामा बसेर परम्परागत भाषामा अप्राकृतिक विवाह तथा सम्बन्ध धेरैले रूचाएका छन्।
यता मध्यमवर्गका महिलाहरूले आफ्नो करियरका कारण विवाहलाई बेवास्ता गरिरहेका छन्। एसियाली परम्परागत मान्यता बोक्नेहरूले महिलालाई बाहिरको काम गर्न कठिन रूपमै स्वीकृति दिन्छन्। पूर्वी एसियाली मुलुकमा शिक्षित महिलाहरूको संख्यामा पनि आकर्षक नै छ। तर रोजगारीको स्थिति हेर्ने हो भने दयनीय छ। विश्व आर्थिक मञ्चको प्रतिवेदन अनुसार सन् २०२२ सम्म आइपुग्दा लैङ्गिक समानताको स्थिति चीनमा खस्कँदो छ। सन् २००६ मा १५३ मुलुकसँग दाँज्दा ६३औँ स्थानमा रहेको चीन २०२२ मा १०२ स्थानमा ओर्लियो। यता दक्षिण कोरियामा महिलाहरूको पारिश्रमिक पुरूषको तुलनामा निकै अन्तरले फरक छ।

तस्बिर : जुलिया काओ
यी विषय सामान्य बन्दै गए भने पूर्वी एसियाको सामाजिक परिवर्तनमा ठूलै असर पुग्नेछ। पूर्वी एसियामा विवाहविनै सन्तान जन्माउने काम अझै पनि वर्जित छ। तर आर्थिक सहकार्य र विकासका लागि सहकार्य गर्ने ३७ मुलुकमा हेर्दा विवाह विनै सन्तान जन्माउने संख्या ४० प्रतिशत छ। जापान, ताइवान र दक्षिण कोरियामा यो संख्या ५ प्रतिशतभन्दा कम छ।
पूर्वी एसियाली मुलुकहरूमा प्रजननदर घट्दो छ। दक्षिण कोरियामा विगतको तुलनामा ०.७८ प्रतिशतले घटेको छ। ताइवानमा थोरै संख्याले बढेको छ भने जापान र चीनमा पनि उस्तै हालत छ।
चीनको एक बच्चा नीति परिमार्जन गर्दै हाल तीन वटासम्म जन्माउन स्वीकृति दिएको छ। प्रजनन दरको स्थिति सुधार नभएमा पूर्वी एसियाली मुलुकको कुल जनसंख्या सन् २०७५ सम्म २८ प्रतिशतले घट्ने देखिन्छ।
सरकारले पनि यस क्षेत्रको अवस्थालाई खराब बनाइरहेको छ। पूर्वी एसियाली मुलुकबाट अन्य मुलुक जानेको संख्या ह्वात्तै बढिरहेको छ। यसलाई रोक्न र पूर्वी एसियाली मुलुकको जनसांख्यकीय स्थितिमा सुधार ल्याउनका लागि कसैले पनि पहल गरेका छैनन्। तर उनीहरूले विवाहलाई प्रोत्साहन गर्न थालेका छन्। केही आर्थिक सुविधा दिने, करमा छुट लगायतका सुविधा अघि सारेका छन्। दक्षिण कोरियाले यसका लागि २ अर्ब १५ करोड डलर बजेट विनियोजन गरेको छ। यता, चीन र जापानले भने परम्परागत विवाह संस्कारलाई नै प्रोत्साहन गरिरहेका छन्। चीन र जापान सरकारले लिएका नीतिको त्यहाँ चर्को विरोध भइरहेको छ।
पूर्वी एसियाली मुलुकहरूमा प्रजननदर घट्दो छ। दक्षिण कोरियामा विगतको तुलनामा ०.७८ प्रतिशतले घटेको छ। ताइवानमा थोरै संख्याले बढेको छ भने जापान र चीनमा पनि उस्तै हालत छ।
यता सी चिनफिङले चीनमा कन्फुसियसवादी सिद्धान्तकै आधारमा विवाह हुने भन्दै समलिंगी विवाहको वकालत गर्ने अधिकारकर्मीहरूलाई गिरफ्तार गरे। जापान सरकार पनि समलिंगी विवाहलाई मान्यता दिने पक्षमा छैन। ताइवानमा भने यसलाई स्वीकृति दिइएको छ भने समलिंगी जोडीलाई धर्म सन्तान राख्न पनि स्वीकृति दिइएको छ।
पूर्वी एसियामा देखिएको आधुनिकता र परम्परागत विवाहको पद्धतिले पार्ने असर तत्कालै देखिने छैन। तर यसको असर पक्कै देखापर्नेछ। पूर्वी एसियालीहरू परम्परागत पारिवारिक भूमिकालाई वेवास्ता गर्न स्वतन्त्र रहे पनि त्यसलाई पुन: परिभाषित गर्न स्वतन्त्र छैनन्। त्यसैले लाखौँले एकल जीवन यापन गरिरहेका छन्। सरकारले केही परिवर्तन गर्नुपर्ने आवश्यकता छ। सामाजिक परिवर्तनहरू निःसन्देह सरकारको मुठीमा हुँदैनन् र रातारात परिवर्तन पनि हुँदैनन्। तर भविष्यमा असर पार्ने विषयलाई सरकारले विस्तारै रोक्न भने अवश्य सक्छ।
पारिवारिक जीवन रमाइलो बनाउनका लागि लैंगिक असमानता तोड्नैपर्छ। विवाहका लागि विपरीत लिंगी हुनैपर्ने मान्यताबाट सरकार पछि हट्नुपर्छ। यो स्वतन्त्रतालाई पनि सम्मान गर्नुपर्छ। लैंगिकताको सम्मान आवश्यक छ। र जसले विवाह गरेर सन्तान जन्माउँछ, ती सन्तानको रेखदेखमा सरकारले पनि सघाउनैपर्छ।
चीनले एकल महिलाको प्रजननलाई रोकेर अपमान गरेको छ। यता जापानले समलिंगी जोडीलाई सन्तान राख्न निषेध गरेको छ।
समलिंगी विवाह रोक्ने नीतिले यस क्षेत्रको जनसांख्यकीय स्थितिमा सुधार ल्याउने छैन। यस्ता नीति नलिँदा बरू सकारात्मक परिवर्तन देखिने छैनन्। महत्त्वपूर्ण विषय के हो भने लाखौँ महिला तथा समलिंगीहरू आफ्नो स्वतन्त्रतामा रमाउनेछन्। पूर्वी एसियाली मुलुकहरूले आर्थिक सफलता धेरै हात पारे। अब तिनीहरूले आफ्ना नागरिकलाई खुशी र स्वतन्त्रताको उपयोग गर्न दिनैपर्छ।
द इकोनोमिस्टबाट



