काठमाडौं– सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन भएको आयोगको समय तीन महिना थपेको छ। सरकारले अनुचित लेनदेन (मिटरब्याज पीडित) आयोगको म्याद थप तीन महिना बढाएको हो।
मंगलबारको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद तीन महिना थप्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। सरकारले तीन महिने समयावधिसहित गठन गरेको आयोगले काम सम्पन्न गर्न समय लाग्ने भएपछि म्याद थप गरेको प्रवक्ता शर्माको भनाइ छ।
गत २० चैतमा सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगमा पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वसह–महान्यायधिवक्ता गणेशबाबु अर्याल सदस्य छन्।


