काठमाडौँ– नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८१/८१ का लागि १ अर्ब २५ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बोर्डले निजी क्षेत्रसँग छलफल कार्यक्रममा उक्त सिमाभित्र रहेर बजेट ल्याउने तयारी भएको बताएको हो।
बिहीबार बोर्डमा आयोजना गरिएको छलफलमा विगत वर्षहरुको बजेटको समीक्षासहित नयाँ बजेटबारे निजी क्षेत्रको राय माग गरिएको थियो। छलफलका क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले बोर्डको बजेट डिजिटलाइजेसनलाई जोड दिँदै कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका थिए।
अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रम तर्जुमा गर्दा परम्परागत भन्दा पनि नयाँ ढंगले गर्न सुझाव दिएका थिए। यस्तै निजी क्षेत्रले बोर्डले आयोजना गर्ने आन्तरिक तथा अन्तरराष्ट्रिय कार्यक्रमहरुमा निजी क्षेत्रको सहभागीतालाई बढि भन्दा बढि सहभागिता गराउन पनि सुझाव दिएको छ।
बोर्डले निजी क्षेत्रको सुझावलाई समेटेर बजेट तर्जुमा गर्ने र निजी क्षेत्रमैत्री हुने बोर्ड सदस्य तथा २०८०/८१ को बजेट संयोजक मिलन देवकोटाले बताएकी छन्। छलफलका क्रममा निजी क्षेत्रबाट रचनात्मक सुझाव आएको उल्लेख गर्दै उनले ती सुझावलाई समेटेर बजेटलाई अन्तिम रुप दिइने बताइन्।
बोर्डको मुख्य काम नै पर्यटन प्रवर्द्धन गर्नु भएकाले निजी क्षेत्रबाट प्राप्त सुझावले बजेट कार्यान्वयनमा सहजता ल्याउने अपेक्षा देवकोटाको छ।।
‘जी क्षेत्रबाट राम्रा र रचनात्मक सुझावहरु प्राप्त भएका छन्। कार्यक्रम तर्जुमा गर्दा पराम्परागत भन्दा नयाँ ढंगबाट ल्याउनुपर्नेमा निजी क्षेत्रको जोड छ। डिजिटाइजेसन, अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटन प्रवद्धनका लागि कार्यान्वयनयोग्य बजेट तर्जुमा गर्न निजी क्षेत्रको सुझाव छ। यसैलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षका लागि करिब साँवा अर्ब बजेट ल्याउने तयारीमा बोर्ड छ,’ उनले भनिन्, ‘आगामी आर्थिक वर्षको कुल बजेटमध्ये ८० प्रतिशत बजेटले अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन तथा बाँकी रकम आन्तरिक पर्यटन प्रर्वद्धनमा खर्चिने बोर्डको योजना छ।’
यस्तै बोर्डका अर्का सदस्य मदनत आचार्यले निजी क्षेत्रसँग गरिएको छलफल फलदायी भएको र यसले बजेट निर्माण तथा कार्यान्वयनमा सहजता ल्याउने बताए।
छलफलका क्रममा होटल संघ नेपाल (हान), प्यासिफक एशोसिएसन अफ ट्रावल ऐन्टस (पाटा) ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्सिज (नाटा), नेपाल रफिटिङ एजेन्सिज (नारा) नेपाल माउन्टेनियरिङ एसोसिएसन (एनएमए) एनटीभीए, एनटीबीए, सोट्टो, लयायतका संस्थाहरुका प्रमुखहरुले बोर्डको आगामी बजेटका सम्बनधमा आफ्ना सुझाव दिएका थिए।


