काठमाडौं– हालसम्म मुलुकभर ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी मन्त्रालयले विवरण सार्वजनिक गरेको छ। मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार सकिनै लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्रै रोपाइँ भएपछि मन्त्रालय पशुमा लाग्ने लम्पीस्किनका कारण न्यून भएको दाबी गरेको छ।
प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्यांकअनुसार गत वर्ष २९ असारसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत हाराहारी कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।
मधेस, कोसी र बागमतीमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोेरै प्रभावित भएको मन्त्रालयले बताएको हो।


