२०८३ कार्तिक २२ गते शनिवार

जस्तापाता ओढेर मन्त्रीले गरे इन्धन डिपोको शिलान्यास

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २
image

पोखरा– सञ्चालनमा आएको करिब ७ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने इन्धन डिपोको सोमबार शिलान्यास गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विमानस्थलमा बन्ने इन्धन डिपोको शिलान्यास गरेका हुन्।

शिलान्यासको समयमा वर्षा भइरहेको थियो। वर्षाका समयमा दुईपट्टिबाट दुई जनाले उठाएको जस्तापाता मुनि बसेर मन्त्री रिजालले डिपोको शिलान्यास पूजाआजा गरेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ९ हजार २१५ वर्गमिटर क्षेत्रफलमा निगमले डिपो बनाउन लागेको हो। निगमका हवाइ इन्धन डिपो परियोजना प्रमुख भरत रेग्मीका अनुसार बन्न लागेको डिपो ३६ लाख लिटर इन्धन भण्डारण क्षमताको हुनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २५ वर्ष अवधिको फ्लाइट संख्या, यात्रुको चापलाई आधार मानेर सोही अनुसार हवाइ इन्धन भण्डारणकक्ष बन्न लागेको रेग्मीले जानकारी दिए। विमानस्थलमा ३ वटा हवाइ इन्धन ट्यांकी बन्ने र प्रत्येक ट्यांकीको क्षमता १२, १२ लाख लिटर क्षमताको हुने निगमले जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ इन्धन डिपो बनाउन गत कात्तिक २९ गते नै सम्झौता गरिएको थियो। निगमले भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्स्ट्रक्स र समानान्तरले संयुक्त रुपमा डिपो बनाउन मूल्य अभिवृद्धि करबाहेक ६७ करोड रुपैयाँमा ठेक्का दिएको छ। निगमले सम्झौता भएको समयदेखि २४ महिनामा सक्ने भए पनि १ वर्षभित्रै डिपो बनाइसक्ने दाबी गरेको छ।

अंग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात् पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। नयाँ विमानस्थलमा इन्धन डिपो नहुँदा साविक पोखरा विमानस्थलबाटै ट्यांकरबाट हवाइ ढुवानी गरेर भरिँदै आइएको छ।

पुरानो विमानस्थलमा भएको ६० हजार लिटर क्षमताको इन्धन भण्डार गृहको भरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्रै सीतिम हुँदा पनि दैनिक ३० हजार लिटरसम्म इन्धन खपत हुँदै आएको विमानस्थलले जनाएको छ। नयाँ इन्धन डिपो बनेपछि उडानमा पनि सहज हुने विमानस्थलले जनाएको छ।

प्रकाशित: २०८० साउन २ गते मङ्गलबार ११:३३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना