काठमाडौँ– झन्डै एक सय किलो सुन तस्करीको अनुसन्धान आफूसँग जोडिएपछि व्यवसायी दीपक मल्होत्राले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको जिकिर गरेका उनले आफ्नो फोटो छाप्ने सञ्चारमाध्यममा खण्डन पठाउने समेत बताएका छन्।
बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरे। मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको हुन सक्ने भन्दै राजस्व अनुसन्धान विभागले उनीतर्फ अनुसन्धान मोडेको छ।
‘मेरो फोटो छाप्ने सञ्चारमाध्यममा खण्डन पठाउँछु। यो विषयमा मेरो कुनै संलग्नता छैन। त्यो खण्डन नछापे ती सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने।
आफ्नो संलग्नता पुष्टि भए म कानुनी सजाय भोग्न तयार रहेको उनको भनाइ थियो।


