काठमाडौँ- नेपाल राष्ट्र बैंकले भारतबाहेकका मुलुकको भ्रमणमा जाने नेपाली नगरिकलाई २५ सय डलरसम्म सटही सुविधा उपलव्ध गराउने भएको छ।
विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंकले डलर सटही सुविधा घटाएर १५ सय डलर कायम गरेको थियो।
एकपटकमा अधिकतम १५ सय डलर बराबरको वर्षको सुविधा दिइने गरिएको थियो। अब २५ सयसम्म सटही सुविधा प्रदान गरिन्छ। यस्तो सुविधा दुई पटकसम्म दिइन्छ।


