काठमाडौँ- अर्थतन्त्र चलायमान बनाउन नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गनिर्देशनमा लचक हुने संकेत गरेको छ।
अर्थतन्त्र चलायमान बनाउन चालु पुँजी कर्जा मार्गनिर्देशनले रोकावट पैदा गरेको भन्दै निजी क्षेत्रले आलोचना गरेपछि राष्ट्र बैंकले यसमा लचक हुने संकेत गरेको हो।
चालु पुँजी कर्जा मार्गनिर्देशन संसोधन गर्नका लागि उनीहरुले राष्ट्र बैंक समक्ष दबाब दिँदै आएका थिए। राष्ट्र बैंकलाई निजी क्षेत्रले दबाब दिएपनि चालु पुँजी मार्गनिर्देशन संसोधन नगर्ने अडान लिँदै आएको थियो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको सुझावका आधारमा मार्गनिर्देशन संशोधन गर्ने नीति लिने भएको हो।


