काठमाडौं– मुग्लिङ–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको कालीखोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। कालीखोला नजिकका विभिन्न स्थानमा सानाठूला पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बताएको हो।
बिहान ७ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भरतपुर डिभिजन सडक कार्यालयले जनाएको छ। निरन्तरको झरीका कराण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ। सडक अवरुद्ध हुँदा काठमाडौंबाट गन्तव्यमा हिँडेका र काठमाडौं आउँदै गरेका यात्रु अलपत्र परेका छन्।


