२०८३ कार्तिक २२ गते शनिवार

२५ लाखभन्दा बढी ऋण लिन प्यान अनिवार्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
nrb2

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सो भन्दा बढी कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) नम्बर उल्लेख गर्नुपर्ने भएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आधारित भएर जारी गरेको सर्कुलेसनमा नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

विगतमा ५० लाख वा सो भन्दा बढी कर्जा लिँदा अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था थियो। बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ठ २५ लाख वा सो भन्दा बढी रकम कर्जा लिने ऋणीले प्यान लिनुपर्ने व्यवस्था गरेको हो।

यस्तै, पहिलो घर खरिद गर्ने ऋणीले २ करोडसम्मको कर्जा सापटी पाउने भएका छन्। मौद्रिक नीति मार्फत विगतको १ करोड ५० लाखको सिमा बढाएर २ करोड बनाएको थियो। उक्त कर्जाका लागि सम्पत्तिको मूल्यांकन र कर्जाको अनुपात ७० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

यसैगरी २५ लाखसम्मको सवारी खरिद गर्नका लागि लिइने कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरेको छ।

५० लाखसम्मको सेयर कर्जाको जोखिमभार पनि १५० बाट घटाएर १०० प्रतिशत कायम गरिएको छ। विगतमा २५ लाखसम्मको सेयर कर्जाको जोखिमभार १०० प्रतिशत रहेको थियो। राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा यस्तो सिमा २५ लाखले बढाएको छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा तीन महिनाको औषत आधारभन्दा कम ब्याजदरमा दिन नपाइने व्यवस्था गरेको छ। तर, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले संचालन गर्ने कार्यक्रम वा दातृ निकायबाट प्राप्त सहुलियत दरको साहयता तथा अनुदान रकमलाई बैंक तथा वित्तीय संसथा मार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण प्रवाह गर्ने कार्यक्रम अन्तर्गतको कर्जा औषत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ।

यस्तै मौद्रिक नीति मार्फत घटाइएको ब्याजदर कोरिडरको सीमालाई पनि राष्ट्र बैंकले जारी गरेको सर्कुलरले समेटेको छ। ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ यथावत राखिउको छ। तल्लो सिमाको रपमा रहेको निक्षेप संकलन १ प्रतिशत बिन्दुले घटाएर दर ४.५ प्रतिशत र नीतिगत दरको रहेको रिपो दरलाई ०.५ प्रतिशत बिन्दुले घटाएर ६.५ प्रतिशत कायम गरिएको छ।

प्रकाशित: २०८० साउन १२ गते शुक्रबार ०१:२८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना