२०८३ कार्तिक १७ गते सोमबार

‘आदिवासीको भाषासंस्कृति संरक्षणप्रति सरकार सचेत छ’

 |  पुष्पकमल दाहाल 'प्रचण्ड', प्रधानमन्त्री
Sanket

पुष्पकमल दाहाल 'प्रचण्ड', प्रधानमन्त्री

काठमाडौँ, साउन २४
prachanda

सर्वप्रथम २९औँ विश्व आदिवासी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। आजको दिनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं पहिचान र अधिकारको आन्दोलनमा निरन्तर सफलताका निम्ति उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गर्दछु।

विश्वभरि करोडौं आदिवासीहरू रहेका छन्, नेपालमा करीब १ करोड २० लाख आदिवासी/जनजातिहरू छन्। हालसम्म ६० आदिवासी/जनजाति समुदायहरू सूचीकृत भएको र तिनीहरूको आ—आफ्ना भाषा—संस्कृति रहेको, ती सबै राज्यसत्ताको भाषा, संस्कृतिभन्दा पृथक छन्। नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवं समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको छ।यो यथार्थलाई हामी सबैले ठीक ढंगले आत्मसात गर्न जरूरी छ।

संंयुक्त राष्ट्र संघमा पनि आदिवासी सम्बन्धी संगठन स्थापना गरिएको छ, जसअन्तर्गत संयुक्त राष्ट्र संघीय आदिवासी मामिला मञ्च (United Nations Forum on Indigenous Affairs) र नेपालमा २०४७ बैशाख २२ गते नेपाल आदिवासी जनजाति महासंघको स्थापना भएको हो। राष्ट्र संघले सन् १९९४ — २००४ लाई अन्तर्राष्ट्रिय आदिवासी दशक घोषणा गरेको र सन् १९९४ को अगस्त ९ लाई विश्व अदिवासी दिवस मान्न थालेको र यो साल २९औं आदिवासी दिवस हो। तसर्थ, यसको विगत, वर्तमान र भविष्यसमेत उत्तिकै गौरवशाली र महत्वपूर्ण छ।

विश्वभरिका सरकार, आदिवासी जनजाति संघ संस्था र अध्येताहरूले आदिवासी जनजातिको हक अधिकार संरक्षण र सम्वद्र्धनका लागि उनीहरूले भोग्दै आएका समस्या र चुनौतीको सामना गर्न सबै समुदायलाई सचेत गर्न गराउन यो दिवस मनाइन्छ।

महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित जाति र समुदायका विभिन्न आन्दोलनहरूको बलमा निर्मित नेपालको संविधानको प्रस्तावनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दैस वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’ गरिएको छ।

विश्वभरिका सरकार, आदिवासी जनजाति संघ संस्था र अध्येताहरूले आदिवासी जनजातिको हक अधिकार संरक्षण र सम्वद्र्धनका लागि उनीहरूले भोग्दै आएका समस्या र चुनौतीको सामना गर्न सबै समुदायलाई सचेत गर्न गराउन यो दिवस मनाइन्छ।

साथै नेपालको संविधानको भाग २७ धारा २६१ मा आदिवासी जनजाति आयोगको व्यवस्था गरिएको छ, जसले मुलतः आदिवासी जनजातिसम्वद्ध नीति निर्माणका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा सञ्चालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गर्दछ।

आयोगले संस्कार, संस्कृति र भाषाको पहिचान, आदिवासी जनजातिको अधिकार संरक्षण र सम्वद्र्धनका लागि पहरेदारको भूमिका खेल्न र सरकारलाई सचेत गराउन एवं बहुआयमिक विकासको नीति, कानुन, कार्यक्रम र सशक्तिकरणको कार्यभार प्राप्त गरेको छ। नेपाल सरकार नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्धन र विकासमा सचेत र प्रतिबद्ध छ। विश्वव्यापी रूपमा देखापरेको आर्थिक संकटबाट हामी पनि प्रभावित छौँ। त्यसैले चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्वस्था गर्न हामीलाई गाह्रो भएको छ। र पनि भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा नेपाल सरकारको तर्फबाट गर्नसक्ने अधिकतम सहयोग, बजेटको व्यवस्था गर्ने प्रयास रहन्छ।

यसका साथै आजको सन्दर्भमा आदिवासी जनजाति समुदायको पहलमा कानुन बनाउने, स्रोतसाधन एवं जनशक्तिले आयोग शक्तिशाली बनाउने, संविधानले व्यवस्था गरेको आदिवासी जनजातिको अधिकारलाई कार्यान्वयन गर्दै लैजाने, स्वायत्त, संरक्षित र विशेष क्षेत्रलाई कानुन बनाएर छिट्टै लागू गराउने, संघीयताको दृढ कार्यान्वयनका साथै थप अधिकारका निम्ति प्रयत्नशील रहने कार्यभार हाम्रासामु छन्। हामी सबैको सामूहिक प्रयास र संघर्षले उल्लेखित कार्यभार पूरा गर्न महत्वपूर्ण योगदान गर्नेछन् भन्ने मेरो गहिरो विश्वास छ।

अन्त्यमा २९ औँ विश्व आदिवासी दिवसले प्राप्त अधिकारको संरक्षण र सुदृढीकरण गर्दै थप अधिकार प्राप्तिको आन्दोलनलाई व्यवस्थित तुल्याउन, राष्ट्रिय स्वाधीनता र एकतालाई सुदृढ गर्न एवं संविधानको परिकल्पनाअनुरूप समाजवादको आधार तयार पार्न महत्वपूर्ण प्रेरणा मिल्ने विश्वासका साथ फेरि एकपटक शुभकामना व्यक्त गर्दै विदा हुन्छु।

(२९औँ आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित: २०८० साउन २४ गते बुधबार ०५:२७
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना