दाङ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विद्युतीय चुरोट (भेप)का विषयमा भन्सारका अधिकारीहरूसँग कुराकानी गरेको स्वीकार गरेका छन्।
सुन तस्करीमा संलग्न भएको आरोप अस्वीकार गर्दै महराले वैधानिक तवरबाट भित्रिएको भेपको विषयमा मात्र भन्सारका अधिकारीसँग कुराकानी गरेको स्वीकार गरेका हुन्।
दाङको घोराहीमा पत्रकार सम्मेलन गरी पूर्वसभामुखसमेत रहेका महराले चिनियाँ व्यापारीले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको बताएका छन्। भन्सारमा रोकिएको सो सामान सुन भएको थाहा नभएको महराको दाबी छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानले भेपमा सुन लुकाएर तस्करी भएको प्रकरणमा महरा र उनका छोरा राहुलले पटकपटक सम्पर्क गरेको देखाएको छ।
प्रधानमन्त्री प्रचण्ड, सुन प्रकरणमा महराका बाबु-छोरा पक्राउ गर!


