काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरबाट बरामद गरिएको सुन गाल्दा ६० किलो ७१६ ग्राम पुगेको छ।
गाल्नुअघि जोख्दा ६० किलो ७८९ ग्राम भएको सुन गाल्न क्रममा ७३ ग्राम (६.२५ तोला) कम भएको हो।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सोमबार ब्रेक शुबाट सुन छुट्टयाइएको थियो।
यसरी छुट्याउँदा ६० किलो ७८९ ग्राम पुगेको थियो। यसअघि ब्रेकसुसमेत जोख्दा १५५ किलो पुगेको थियो।


