२०८३ कार्तिक २२ गते शनिवार

थापा सरकारलाई अर्को संकट, कोशीमा ‘बजेट होलिडे’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
uddhav thapa

काठमाडौं- कोशी प्रदेश बजेट होलिडे सुरु भएको छ। निवर्तमान सरकारले अध्यादेशबाट आएको बजेट प्रतिस्थापन गर्ने विधेयक पनि दर्ता नहुँदा र उक्त अध्यादेश बजेटलाई अनुमोदन पनि नहुँदा प्रदेशमा बजेट होलिडे सुरु भएको हो।

गत असार १४ गते एमाले नेतृत्वमा रहेको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो। उक्त अध्यादेश ६० दिनभित्र अनुमोदन गरिसक्नुपर्ने थियो। तर सरकारले न त उक्त अध्यादेश अनुमोदन गराउने काम गर्‍यो न त प्रतिस्थापन विधेयक नै ल्यायो। यसले प्रदेश सभामा होलिडे सुरु भएको हो।

कोशी प्रदेशमा बजेट होलिडे सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अदालत जाने तयारीमा छ। आफू नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकलाई अनुमोदन गराउनुपर्ने एमालेको भनाइ रहँदै आएको छ।

बजेट शून्यताले कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रमसमेत प्रभावित हुनेछन्।

प्रदेशमा बजेट होलिडे सुरु भएपछि कांग्रेस नेतृत्वको उद्धव थापा सरकारलाई अर्को संकट आइपरेको छ। यद्यपि उनलाई दीर्घकालीन असर पुग्ने गरी काम/निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ। पहिलो पटक सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्ति लिएको र दोस्रो पटक प्रदेशको अध्यक्षता गर्ने व्यक्तिको समेत विश्वासको मत लिएको भन्दै उनी पछिल्लो समय निरन्तर विवादमा छन्।

सुरुमा असार २१ गते मुख्यमन्त्रीमा नियुक्ति लिएका थापा साउन ११ गते पदमुक्त भएका थिए। त्यसपछि फेरि साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सर्वोच्चको आदेश अनुसार भदौ ८ गते थापा सरकार फेरि कामचलाउको हैसियतमा पुग्यो।

प्रकाशित: २०८० भदौ ११ गते सोमबार ११:०९
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना