२०८३ कार्तिक २४ गते सोमबार

एक ‘इन्साइक्लोपिडिया’ थिए राजेश्वर नेपाली

 |  धर्मेन्द्र झा
Sanket

धर्मेन्द्र झा

काठमाडौँ, भदौ १२
rajeswar_nepali

राजेश्वर नेपाली। पत्रकारिता र साहित्य क्षेत्रका एक सुविख्यात परिचित नाम। आजका दिनमा नेपालीजीलाई कुनै थप परिचय आवश्यक छैन। खासमा नाम नै उहाँको परिचय हो। सादा जीवन उच्च विचारका अनुयायी नेपालीजीको पत्रकारिता र साहित्य क्षेत्रमा अनेक योगदान छन्।

नेपाली पत्रकारिताका धरोहर, वरिष्ठ पत्रकार, लोकतान्त्रिक सङ्घर्षका योद्धा, प्रेस स्वतन्त्रता सेनानी उनै नेपाली अब भौतिकरुपमा यस धरामा उपस्थित रहनुभएन। विसं २००२ भदौ १९ गते धनुषाको बेला (हाल जनकपुरधाम उपमहानगरपालिका–२३) मा जन्मनुभएका नेपालीले ७८ वर्षको उमेरमा विसं २०८० भदौ ११ गते राति देहत्याग गर्नुभयो। विगत १४ महिनादेखि बिरामीका कारण ओछ्यान पर्नुभएका नेपालीको त्यसअघि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भए पनि निको हुन सक्नुभएको थिएन।

विसं २०१८ मङ्सिर २६ गतेदेखि नेपाल सन्देश पत्रिकामा समाचार लेखेर पत्रकारिता प्रारम्भ गर्नुभएका नेपाली त्यसयता निरन्तर पत्रकारितामै समर्पित रहनुभयो। पत्रकारितालाई नै आफ्नो मूल धर्म, पेशा र व्यवसाय ठान्ने नेपालीजस्तो समर्पित पत्रकार बिरलै मात्र पाउन सकिन्छ। उहाँका बारेमा जतिसुकै लेखे पनि जे लेखे पनि थोरै नै हुन्छ।

आदरणीय नेपालीजीलाई, जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा जहिले म प्रविणता प्रमाणपत्र तह (विसं २०४२/४४) को विद्यार्थी थिएँ त्यसबेलादेखि नै चिन्दछु। त्यसपछि निरन्तर उहाँको सम्पर्कमा छु। यस दृष्टिले हेर्ने हो भने उहाँसँग म प्रत्यक्षरुपले ३७÷३८ वर्षदेखि परिचित छु। परिचय प्रारम्भको त्यो समय मेरो पत्रकारिता जीवनको अत्यन्त प्रारम्भिक समय थियो भने नेपाली त्यसै बखत सुविख्यात भइसक्नुभएको थियो। त्यो समय सायद उहाँको पत्रकारिताको उत्कर्षको समय थियो भनेर भनियो भने अनुचित हुने छैन।

विसं २०४४ को कुनै समयमा म पत्रकारितासँग आवद्ध हुन पुगेको थिएँ। त्यसपछि नेपालीजीसँग औपचारिकरूपमा भेट गर्ने क्रमले तीव्रता पाएको म सम्झन्छु। एक दृष्टिले भन्ने हो भने नेपालीजी पत्रकारिता क्षेत्रमा मेरा एक ‘रोल मोडल’ हुनुहुन्थ्यो। पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुअघि मैले उहाँका बारेमा धेरै कुरा सुनेको थिएँ। पछि त निरन्तर भेट भइरह्यो र उहाँबारे सुनेका कुराको सत्यापन गर्ने अवसर मैले पाइरहेँ। तर दुःखका साथ भन्नुपर्छ, मैले अन्तिम समयमा उहाँलाई भेट्न पाइन। आज भोलि भन्दाभन्दै दिनहरु बिते र उहाँ पनि बित्नुभयो।

निश्चय हो, उहाँको योगदानहरुले कहीँ न कहीँ मलाई प्रभावित बनाएको थियो। यो प्रभावले पनि पत्रकारितामा प्रवेश गर्नका लागि मलाई प्रोत्साहित गरेको थियो भनियो भने त्यो अन्यथा हुने छैन। उहाँ मेरै गृहनगर अर्थात जनकपुरसँग जोडिएको हुनुहुन्थ्यो। त्यसैले पनि मलाई उहाँको सान्निध्य प्राप्त गर्न सहज थियो। यसअर्थमा मैले आफूलाई भाग्यशाली नै ठान्नुपर्छ। म जनकपुरमै रहेर २०४४ देखि २०५२ सम्म पत्रकारितामा सक्रिय रहेँ। त्योे समय उहाँसँग प्रत्येक दिनजसो भेट हुन्थ्यो।

नेपाली, मैथिली र हिन्दी भाषामा समान अधिकार राख्नुहुने नेपालीजी यी तीनै भाषाका माध्यमबाट पत्रकारिता र साहित्यमा क्रियाशील रहनुभयो। तीन भाषामा अनेक साहित्यिक रचना (पुस्तकसमेत)का स्रष्टा हुनुहुन्छ उहाँ। यतिमात्र होइन, उहाँको परिचय लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा भएका आन्दोलनको एक अविश्रान्त योद्धाका रुपमा पनि छ।

अधिकांशतः जनकचोकस्थित दीपनारायणजीको पत्रिका पसलमा साइकल सवार नेपालीजीसँग मेरो भेट हुने गर्दथ्यो। त्यहाँ भेट नभएको अवस्थामा जानकी मन्दिरको प्राङ्गण हाम्रो भेटघाटको अर्को निश्चित स्थान थियो। भेटका क्रममा अनेक कुरा हुन्थे। केही राजनीतिका, केही साहित्यका र केही  पत्रकारिताका। हामीबीचका ती कुराकानीले निश्चय पनि मलाई मार्गदर्शन र प्रोत्साहन प्राप्त हुने गर्दथ्यो।

विसं २०५२ मा म पेशा र रोजगारीका क्रममा काठमाडौं आएँ। त्यसपछि मेरा अधिकांश समय यहीँ बित्न थाले। स्वभाविकरूपमा उहाँँसँगको प्रत्यक्ष भेटघाटको क्रम पनि पातलो हुन थाल्यो। तर अप्रत्यक्षरूपमा हामी सधँै नै सम्पर्कमा थियौँ। उहाँसँगको सान्निध्यका आधारमा म यति कुरा दाबीका साथ भन्न सक्छु कि नेपालीजी पत्रकार, साहित्यकार र राजनीतिकर्मीभन्दा बढी एक सामाजिक अभियन्ता हुनुहुन्थ्यो।

उहाँसँगको मेरो सम्बन्ध पत्रकारिता मात्रको थिएन। उहाँसँग साहित्य र राजनीतिकरुपमा पनि सम्बन्धित थिएँ र छु भन्न पाउँदा गौरवबोध हुनु मेरा लागि अत्यन्त स्वभाविक छ। यी तीनवटै सम्बन्धका आधारमा सम्बन्धहरुको विश्लेषण गर्ने प्रयास गरिएमा म निःसङ्कोच भन्न सक्छु, नेपालीजी मेरा आदरणीय अभिभावक त हुनुहुन्थ्यो नै सँगसँगै प्रेरणाको एक स्रोत पनि हुनुहुन्थ्यो। मैले माथि पनि उल्लेख गरिसकेँ, नेपालीजीसँग म अत्यधिक प्रभावित थिएँ। उहाँसँग सम्बन्धित अनेक स्मृति मेरो मानसपटलमा अहिले पनि ताजै रहेको अनुभुति छ। तर ती सबै स्मृतिहरु यहाँ अभिव्यक्त गर्नु सहज र सम्भव छैन।

उहाँसँग म प्रभावित हुनुपर्ने अनेक कारण छन्। म उहाँको सादगीपूर्ण जीवन र पत्रकारिताप्रतिको अविभाज्य समर्पणबाट प्रभावित छु। मधेशबाट पत्रकारिता गर्ने र पत्रकारिताकै माध्यमबाट मिशनको दायित्वसँगै जीवन निर्वाहको प्रयत्न गर्नेहरुमध्ये नेपालीजी पहिलो पुस्ताको प्रखर र सशक्त पत्रकार हुनुहुन्थ्यो। पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा उहाँको योगदान अत्यन्त महत्वपूर्ण छ। र, सबैभन्दा महत्वपूर्ण कुरा त के भने उहाँको योगदानलाई देश र समाजले स्वीकार गरेको छ।

मूलतः जनकपुरको माटोमा रमेर भिजेर पत्रकारिता गर्ने नेपालीजीको योगदानको चर्चा जनकपुर, मिथिला र मधेशमा मात्र सीमित छैन। बरु सम्पूर्ण नेपालमा र विदेशमा पनि बडो आदरपूर्वक ‘नेपालीजी’ का रूपमा उहाँ चिनिनु हुन्छ। धेरैलाई उहाँको पूर्ण र वास्तविक नामबारे जानकारी नहुन सक्छ। तर राजेश्वर नेपाली ‘नेपालीजी’ पत्रकारका रूपमा नेपाल र नेपालभन्दा बाहिर पनि चिनिनु हुन्छ। उहाँ सबै समाजमा सर्वस्वीकृत हुनुहुन्थ्यो, रहिरहनु हुनेछ। त्यसो त उहँको रुची साहित्य र राजनीतिमा पनि थियो। तर उहाँ बढी चिनिनुभयो पत्रकारिताकै क्षेत्रमा र पत्रकारकै रुपमा।

नेपाली, मैथिली र हिन्दी भाषामा समान अधिकार राख्नुहुने नेपालीजी यी तीनै भाषाका माध्यमबाट पत्रकारिता र साहित्यमा क्रियाशील रहनुभयो। तीन भाषामा अनेक साहित्यिक रचना (पुस्तकसमेत)का स्रष्टा हुनुहुन्छ उहाँ। यतिमात्र होइन, उहाँको परिचय लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा भएका आन्दोलनको एक अविश्रान्त योद्धाका रुपमा पनि छ।

पत्रकार जगतले उहाँको योगदान स्वीकार गर्यो र केही थान सम्मान तथा पुरस्कार अर्पण गर्यो तर राज्य र सरकारले भने उहाँलाई सँधै उपेक्षा नै दियो। उहाँ अस्वस्थ भएर घरको ओछ्यानमा अचेत पल्टिइरहँदा कुनै पनि तहको सरकारको ध्यान उहाँतर्फ आकृष्ट हुन सकेन। राजनीतिसँग नजिकको साइनो भएकाहरु सहज र सुविधाजनक उपचार प्राप्त गर्न सक्षम भइरहेको नेपालको परिदृश्यमा सायद नेपालीजी ओझेल पर्नुभयो। राज्यले उहाँलाई देख्नै सकेन। राज्यका निकायहरुको उपचारमा आवश्यक ध्यान पुग्न सकेको भए सम्भव थियो उहाँको आयु लम्बिन सक्थ्यो।

औपचारिक जानकारीको आधिकारिक सङ्ग्रहको विशाल अभिलेखीकरणको भण्डारको निर्माण गर्नु भएको थियो उहाँले। चाहे त्यो राजनीति होस चाहे साहित्य अथवा पत्रकारिता, सबैको जीवित दस्तावेज र ‘इन्साइक्लोपिडिया’को परिचय बनाउनुभएको थियो नेपालीजीले।

महात्मा गान्धीको जीवन र दर्शनबाट प्रभावित नेपालीजी सच्चा गान्धीवादीका रूपमा पनि चिनिनु हुन्छ। यही प्रभावबाट उहाँ समाज र राजनीतिमा पनि निर्देशित हुनुहुन्थ्यो। राजनीतिमा पनि उहाँको फरक परिचय थियो। नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रारम्भिक दिनहरुबाटै सक्रिय रहनु भएका नेपालीजी प्रखर लोकतन्त्रवादी हुनुहुन्थ्यो। लोकतान्त्रिक आन्दोलनका क्रममा आस्थाका आधारमा पञ्चायतकालमा अनेकौंपटक प्रशासनको कुदृष्टिको शिकार बन्नु भएका नेपालीजी आफ्नो लोकतान्त्रिक मूल्य–मान्यताका विरुद्ध कहिल्यै पनि सम्झौता गर्नु भएन। जीवनभरि उहाँ आफ्नो राजनीतिक मूल्य, मान्यता, आस्था र विचारप्रति दृढ रहनुभयो।

नेपालीजीलाई म मधेश–मिथिला ‘इन्साइक्लोपिडिया (विश्वकोष)’ का रूपमा पनि चिन्दथे। मधेश, मिथिला र नेपाली राजनीतिसँग सम्बन्धित अनेक जानकारीका विशाल संग्रह थियो उहाँसँग। उहाँको देहावसानपछि जानकारीका यी सङ्ग्रहको संरक्षणबारे पनि सोचिनु जरुरी छ। त्यसो त उहाँका सुपुत्र राघवेन्द्रमाथि पनि पिताको कर्मको यथेष्ट प्रभाव परेका कारण यी जानकारीले उहाँको संरक्षकत्व प्राप्त गर्ने कुरामा विमति हुन सक्दैन। यस्ता अनेक जानकारी थिए जो नेपालीजीलाई कण्ठस्थ नै थियो।

औपचारिक जानकारीको आधिकारिक सङ्ग्रहको विशाल अभिलेखीकरणको भण्डारको निर्माण गर्नु भएको थियो उहाँले। चाहे त्यो राजनीति होस चाहे साहित्य अथवा पत्रकारिता, सबैको जीवित दस्तावेज र ‘इन्साइक्लोपिडिया’को परिचय बनाउनुभएको थियो नेपालीजीले। यतिमत्र होइन, समाज, व्यक्ति, स्थानीय विकाससँग सम्बन्धित जानकारीको पनि उहाँ अजस्र स्रोत हुनुहुन्थ्यो। उहाँ र उहाँको परिवारसँग रहेका यस्ता जानकारी अनेक अनुसन्धानकर्मीका लागि महत्वपूर्ण स्रोत सामग्री हुन सक्छन्।

मेरो प्रस्ताव छ,  उहाँको देहावसानपछि उहाँको घर परिवारमा रहेका यी अजस्र जानकारी सङ्ग्रहको संरक्षण कार्य परिवारका सदस्यमात्रको भरमा कठीन हुन सक्छ। यस्तोमा राज्यले पहल गर्नु अपेक्षित छ। अब यी सामग्रीको संरक्षणमा राज्यले दायित्व निर्वाह गर्नु अपरिहार्य छ। यसो गर्न सके निश्चय पनि भावी पुस्ता लाभान्वित हुन सक्नेछन् र सायद उहाँप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्ने एक उपयुक्त तरिका पनि हुन सक्छ यो प्रक्रिया।

प्रकाशित: २०८० भदौ १२ गते मङ्गलबार १२:२१
Sanket

धर्मेन्द्र झा

झा राससका अध्यक्ष हुन्।
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना