काठमाडौँ- प्राविधिक समस्याका कारण जनकपुरमा अवतरण हुन नसेको जहाजका यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाइएको छ। ६८ जना यात्रु बोकेर काठमाडौंबाट जनकपुरका लागि गएपनि बीचमै प्राविधिक समस्या भएको भन्दै जहाजलाई काठमाडौँ फर्काइएपछि उक्त जहाजका यात्रुहरूलाई अर्को जहाजमा पठाएको बुद्ध एयरले जानकारी दिएको हो।
जहाजमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेताहरू पनि थिए। एमालेको सिरहा बैठकका लागि उनीहरू जनकपुर जानका लागि काठमाडौँबाट प्रस्थान गरेका थिए। जहाज २३ मिनेट उडेपछि प्राविधिक समस्या भएको थियो।
एमालेका पूर्वमहासचिव मदन भण्डारी निर्वाचित भएको स्थानमा एमालेले बैठक गर्न लागेको छ। यसअघि नै बुद्ध एयरले क्षमायाचना गरी यात्रुलाई अर्को जहाजमा पठाउन लागिएको जानकारी दिइसकेको थियो।
काठमाडौंबाट जनकपुर उडान नं. 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ । सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन् । यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।
— Buddha Air (@AirBuddha) August 30, 2023


