काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा शनिबार दिउँसो साढे ८ घण्टा लोडसेडिङ गर्ने भएको छ।
काठमाडौंका रत्नपार्क र कुलेश्वर फिडर र ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरबाट विद्युत प्रवाह हुने क्षेक्षमा शनिबार बिहान १० बजेदेखि विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणको भनाइ छ।
टेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणको भनाइ छ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने गरी कार्य भइरहेको प्राधिकरणले जानकारी दिएको छ।


