२०८३ कार्तिक २२ गते शनिवार

कसरी प्रभावकारी बन्ला आर्थिक कूटनीति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
FNCCI-Building-photo-

काठमाडौँ- मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्द्धनमा विदेशस्थित नेपाली नियोग तथा निजी क्षेत्रबीच सहकार्यमा जोड हुनुपर्ने आवश्यकता औँल्याइएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको ‘प्रभावकारी आर्थिक कूटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य’ विषयक छलफल कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका हुन्।  छलफल कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, नेपाल सरकार सुरक्षा परिषद्का सल्लाहकार एवं पूर्वमुख्यसचिव शङ्करदास वैरागी, मुख्यसचिव वैकुण्ठ अर्याल, अर्थसचिव अर्जुन पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डे, पर्यटन सचिव भरतमणि सुवेदी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले , थाइल्यान्डका लागि नियुक्त राजदूत धनबहादुर वली, उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले धारणा राखेका थिए।

साउदले निर्यात एवं पर्यटन प्रवर्द्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए। विभिन्न मुलुकका लागि नेपालका तर्फबाट नियुक्त राजदूतहरूले पनि निजी क्षेत्रसँगको सहकार्य गर्नुपर्ने उनको धारणा थियो। नेपालको विकास र समृद्धिका लागि आन्तरिक लगानी र पूँजीसँगै बाह्य लगानी पनि आवश्यक पर्ने भएकाले विदेशस्थित नेपाली नियोग र निजी क्षेत्रले समेत सहकार्य गर्नुपर्ने उनको भनाइ छ।

नेपाल सरकार सुरक्षा परिषद्का सल्लाहकार एवं पूर्वमुख्यसचिव शङ्करदास वैरागीले नेपाली नियोगहरूले आफ्नो दायरा विस्तार गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए। आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी र निर्यात प्रवर्द्धनको नेपालको लक्ष्य पूरा हुने उनको भनाइ छ।

मुख्यसचिव वैकुण्ठ अर्यालले आर्थिक कूटनीति विस्तारका लागि बहुपक्षीय निकायहरूसँगको सहकार्य आवश्यक रहेको बताए। यसैगरी निजी क्षेत्रले पनि वस्तु र बजार विविधीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कूटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए। वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार सङ्गठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको बताए। यसैगरी अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अब आर्थिक कूटनीतिलाई श्रम कूटनीति भनिनुपर्ने सुझाव दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्यूनीकरणमा पनि नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताए।

पर्यटन सचिव भरतमणि सुवेदीले नयाँ खुलेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनभयो। सङ्घीय मामिला सचिव विनोद सिंहले विदेशस्थित नेपाली नियोग र राजदूतहरूले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूतहरूको उपस्थिति रहेको कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशस्थित नेपाली नियोगहरूले सकारात्मकमात्र भएमा पनि निकै सहज हुने अनुभव सुनाए। ‘नियोगहरूले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ। धेरै उदीयमान र विकसित अर्थतन्त्र भएका मुलुकमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवर्द्धनका आधारमा राजदूतहरूको मूल्याङ्कन हुने गरेको छ। यसका लागि महासङ्घ निरन्तर सहकार्य गर्न तयार रहेको छ’, उनले भने।

नवनियुक्त राजदूतहरूका तर्फबाट बोल्दै थाइल्यान्डका लागि नियुक्त राजदूत धनबहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य विषयमा केन्द्रित भई सुझाव दिनुपर्ने बताए।

महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए। महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासङ्घ र नियोगहरूको निरन्तर सहकार्य रहने बताए।

सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डका लागि धनबहादुर वली, युएईका लागि तेजबहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्विट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र सङ्घ नियोगका लागि लोकबहादुर थापालाई राजदूत नियुक्त गरेको छ।

प्रकाशित: २०८० भदौ १७ गते आईतबार ०८:४८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना