२०८३ कार्तिक २२ गते शनिवार

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
pm_driving

काठमाडौँ- ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। ड्राइभिङ स्कूल संघ, नेपालका पदाधिकारीहरूले पेस गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझ्दै प्रचण्डले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

ड्राइभिङ स्कूल संघले प्रधानमन्त्री समक्ष पेस गरेको ज्ञापनपत्रको पूर्णपाठ यसप्रकार रहेको छः

सम्माननीय प्रधानमन्त्री ज्यू 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार
काठमाण्डौ, नेपाल 

विषयः ज्ञापन पत्र सम्बन्धमा।

महोदय,
प्रस्तुत विषयमा देशमा विद्यमान रहेको वेरोजगार समस्याहरुको हल होस् तथा सवारी दुर्घटना न्युनिकरण भई धनजनको क्षतिहुनबाट बचाउने उद्देश्यका साथ हामी ड्राइभिङ्ग स्कुल संचालकहरुले ड्राइभिङ्ग सीप सिकाउने समान उद्देश्यका व्यवसायीहरु मिलेर विधिवत रुपमा ड्राइभिङ्ग स्कुल संघ नेपाल दर्तागरी यस संघको छातामा रहेर नेपाल सरकारका बिभिन्न निकायमा दर्ता तथा अनुमति लिई ड्राइभिङ्ग स्कुल संचालन गर्दै आएको कुरा अवगत गराउदछौं। वेरोजगार युवा युवतीहरुलाई सवारी चालक प्रशिक्षण गराई स्वदेश तथा विदेशमा समेत रोजगार सृजनागराउदै देशको आर्थिक अवस्थालाई मजबुत बनाउन आवश्यक वातावरण बनाई थप शसक्त रुपमा अगाडि बढाउने लक्ष्य सहित हाम्रो ड्राइभिङ्ग स्कुल संघले तपशिल बमोजिमका समस्याहरुलाई समाधानको वातावरण बनाई विद्यमान अवस्थामा रहेका ऐन नियम संशोधन गर्नुपर्ने भए ऐन नियम संशोधन गरी कार्यन्वयन गरिदिनुहुन सम्माननिय प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौं। 

तपसिल
१) सवारी चालक अनुमति पत्र (लाईसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ्ग प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाण पत्र पेश गर्नुपर्ने प्रावधान सरकारले खारेज गर्दा दक्ष सवारी चालकको उत्पादनमा कमि आई अत्याधिक दुर्घटना भएर धनजनको ठुलो क्षति भईरहेकोले सवारी चालक अनुमति पत्र लिनको लागी ड्राइभिङ्ग तालिम तथा सिकेको प्रमाण पत्र अनिवार्य गराइयोस्।  

२) सवारी चालक प्रशिक्षण केन्द्रको लागि प्रशिक्षण कार्यमा प्रयोगहुने सवारी साधनहरुमा पनि निजि तथा सामुदायिक विद्यालय सरह भन्सार शुल्कमा छुट तथा सवारी साधनहरुको रंग एउटै हुने व्यावस्था मिलाइयोस्। 

३) सबै प्रशिक्षण केन्द्रहरुले प्रशिक्षण प्रयोजनको लागि छुट्टा छुट्टै प्रशिक्षण स्थल बनाई प्रयोग गर्दा अत्याधिक मात्रामा खेती योग्य जमिन मासिने भएकोले प्रशिक्षण स्थल साझा रुपमा प्रयोग गर्न पाउने व्यावस्था गराइयोस्। 

४) विदेशको तुलनामा नेपालमा सावरी साधन बाट अत्यधिक दुर्घटना हुने हुदा यहाँका ड्राइभिङ्ग प्रशिक्षण केन्द्रहरुलाई समय समयमा यस सम्बन्धी तालिम, अध्ययन, लागी स्वदेश तथा बिदेश अवलोकन गर्ने प्रावधान मिलाईयोस। 

५) सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षा तथा अन्य निति नियम र नियमावली सम्बन्धी कार्यमा ड्राइभिङ्ग स्कुल संघको तर्फबाट पनि बिज्ञको प्रतिनिधित्व हुने व्यावस्था मिलाइयोस्। 

६) ड्राइभिङ्ग प्रशिक्षण केन्द्र दर्ता नविकरण  प्रत्येक ५÷५ वर्षमा नविकरण गर्ने व्यवस्था मिलाईयोस्।

७) सवारी चालक अनुमति पत्र नविकरणको म्याद ५ वर्षको सट्टा त्यसलाई १० वर्षको नविकरण हुने व्यावस्था मिलाइयोस्। साथै विदेशमा रहेको नेपालीहरुलाई विदेशबाट नै नविकरण गर्न मिल्ने व्यवस्था गराईयोस। 

८) ड्राइभिङ्ग प्रशिक्षण केन्द्र दर्ता तथा नविकरण गर्दा नेपाल सरकारबाट अनिवार्य गरिएको मेकानिकल सुपरभाईजर र मेकानिकल इन्जिनियर आवश्यक नभएकोले सो ब्यवस्था हटाइयोस्।  

९) दर्ता नविकरण नभएका व्यक्ति, समुह बाट पनि ड्राइभिङ्ग प्रशिक्षणको कार्य गराई रहेको र यसमा राज्यमौन रहेको हुदा दर्ता नविकरण गरी राज्यलाई कर तिर्ने व्यवसायीको व्यवसाय धरापमा परेकोले यस्तो कार्यको अनुगमन गरी त्यस्ता व्यक्ति, समुहहरुलाई तुरुन्त कारवाही गरियोस्।

१०) सवारी चालक अनुमती पत्र नयाँ तथा नविकरण, प्रतिलिपि, वर्ग थप गरेको १,२ वर्षसम्म पनि सवारी चालक अनुमती पत्र वितरण नभएकोले यस कार्यलाई सबै प्रदेश कार्यलय मार्फत प्रिन्ट गराई यसलाई एक हप्ताभित्रमा नै दिने व्यवस्था मिलाईयोस।

११) सवारी चालक अनुमती पत्रको लिखित परिक्षामा असफल भएपश्चात ९० दिनसम्म परिक्षामा सहभागी हुन नपाउने व्यवस्थाको अन्त्य गरियोस। 

१२) लिखित परिक्षा दिई उतिर्ण भईसकेका प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक परिक्षा असफल भए एक वर्ष भित्रमा राज्यको राजस्व बुझाई जति पटक पनि प्रयोगात्मक परिक्षा दिन पाउने व्यवस्था गरियोस्।
उपस्थितीहरुः
क्र.स. नाम पद हस्ताक्षर
१रामचन्द्र श्रेष्ठकेन्द्रिय अध्यक्ष
२खगेन्द्र बुढाथोकीकेन्द्रिय वरिष्ठ उपाध्यक्ष
३बाबुकाजी महर्जनकेन्द्रिय कोषाध्यक्ष
४शिव श्रेष्ठकेन्द्रिय सदस्य
५बाबुराम प्रधानअध्यक्ष, कोशी प्रदेश
६शिव कुमार श्रेष्ठअध्यक्ष, बाग्मती प्रदेश
७गोपाल प्रसाद घिमिरेमहासचिव, कोशी प्रदेश
८यज्ञराज दाहालसदस्य, कोशी प्रदेश
९योगेन्द्र पोख्रेलसदस्य, कोशी प्रदेश
१०डिग बहादुर नेम्वाङअध्यक्ष, झापा जिल्ला
११मनिष थापाअध्यक्ष, मोरङ जिल्ला
१२भुपेन्द्र थापासचिव, सुनसरी जिल्ला
१३अनन्त घिमिरेसहसचिव, सुनसरी जिल्ला
१४विकास राईकोषाध्यक्ष, सुनसरी जिल्ला
१५ धर्मराज शाही सदस्य, सुनसरी जिल्ला

प्रकाशित: २०८० भदौ १८ गते सोमबार ०४:१४
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना