काठमाडौं– भारत सरकारले आगामी दश वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने निर्णय गरेको छ। २०८० जेठमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीबीच दुइपक्षीय सहमति भएको थियो। उक्त सहमतिअनुसार भारतको मन्त्रिपरिषद्ले दश वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने औपचारिक निर्णय गरेको हो।
दश वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने भारतको मन्त्रिपरिषद्ले निर्णय गरेको दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्। भारतले नेपालबाट बिद्युत् खरिद गर्ने निर्णयले २०७२ सालमा विद्युत् विकासको नयाँ मार्गचित्र बनाउने बाटो खुला गरेको समेत उनले लेखेका छन्।
‘भारतको मन्त्रिपरिषद्ले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने स्वीकृतिले २०७२ सालमा विद्युत् विकासको नयाँ मार्गचित्र बनाउने बाटो खुला गरेको छ। यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्वपूर्ण भूमिका खेल्न सक्छ।’ उनले लेखेका छन्।


