काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूले भन्सार जाँचपास ठप्प पारेका छन्।
६० किलो सुन बरामद प्रकरणमा भन्सार कर्मचारीहरूलाई पक्राउ गरी दु:ख दिएको दाबी गर्दै कर्मचारीहरूले सोमबार जाँचपास बन्द गरेका हुन्।
कर्मचारीहरूले काम बन्द गरेपछि विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको भन्सार कार्यालयले जनाएको छ। मंगलबार पनि आन्दोलन जारी राख्ने कर्मचारीहरूले बताएका छन्।
कर्मचारीहरूले आइतबार पेनडाउन गरेका थिए।
सुन तस्करी प्ररकणमा केन्द्रीय अनुसन्धान ब्युरोले हालसम्म ६ जना कर्मचारीहरूलाई पक्राउ गरेको छ।
अनुसन्धानका नाममा धरपकड गरेको, निर्दोष कर्मचारीलाई हिरासतमा राखेको दाबी कर्मचारीहरूको छ।


