२०८३ कार्तिक २० गते बिहिबार

हत्या, तस्करी र सहकारी ठगीका ३४ दोषीलाई पक्राउ नै नगरी आममाफी दिन सिफारिस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३१
Home-ministry-of-Nepal-griha

काठमाडौँ- गृह मन्त्रालयले ३४ जना दोषीलाई आममाफी दिनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ। मन्त्रालयले हत्या, तस्करी र सहकारी ठगी लगायतका गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको भनी दोषी प्रमाणित भई सजायका लागि फैसला भएका तर सरकारले पक्राउ नगरेका ३४ जनालाई माफीमिनाहाका लागि सिफारिस गरेको हो।

गम्भीर अपराधमा दोषी प्रमाणित भइसकेर कैद सजाय असुली गर्नुको सट्टा सरकारले आममाफी दिनु कानुनी राज्यको उपहास हुने भन्दै गृहकै अधिकारीहरूले यसमा असन्तुष्टि जनाएका थिए। मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक लाभका लागि आममाफी सिफारिस गरेको हुन सक्ने गृहका अधिकारीको आशंका छ।

सरकारले सिफारिस गरेपछि राष्ट्रपतिको कार्यालय पनि असन्तुष्ट बनेको ती कर्मचारीको भनाइ छ। उनका अनुसार राष्ट्रपतिको कार्यालयले माफी दिन लागिएका सबैको अपराध विवरण माग गरेका छन्। ‘राष्ट्रपति कार्यालयले ३४ जनालाई माफीमिनाहाको सिफारिसको आधार के के हो स्पष्ट लेखेर पठाउन भनेको छ,’ स्रोतको भनाइ छ, ‘सबैको व्यक्तिगत विवरण माग गर्दै पत्रचार भएको छ। मन्त्रालयले आममाफी सिफारिस गरेका अधिकांश ज्यानमुद्दा, कर्तव्य ज्यान, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति हुन्।’

संविधान दिवसको अवसर पारेर विभिन्न काण्डमा दोषी देखिएका ३४ जनालाई माफी दिनेगरी राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरिएको गृह स्रोतको भनाइ छ। ५ दिनअघि नै उनीहरुलाई आममाफी दिनका लागि मन्त्री नारायणकाजी श्रेष्ठले प्रस्ताव पठाएका थिए।

मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५९ बमोजिम उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको हो। संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था रहेको छ। १५९(१) मा भनिएको छ, ‘अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ।’

सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ। सोही दफाको उपदफा (२) मा निवेदन दिँदा अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्ने उल्लेख छ। तर मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि संलग्नसमेत नगरेको बताइएको छ।

कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफीमिनाहाका लागि कारागार व्यवस्थापन विभागको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले आममाफीको निर्णय गर्छ। मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिले आममाफी दिन सक्छन्।

सजाय तोकिएको तर पक्राउ नगरिएकाहरुको हकमा गृहबाट सिधै राष्ट्रपतिको कार्यालयलाई प्रस्ताव जान्छ। अहिले पठाइएका ३४ जना दोस्रो प्रकृतिका हुन्। मन्त्रालयले पठाएको सिफारिसमा माफी दिनुपर्ने कारण खुलाइएको छैन।

कैद भुक्तान गरेकाहरूमध्येबाट भने कारागार व्यवस्थापन विभागले भने यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो। तर शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ६७० जनाको कैद माफी गर्ने निर्णय गरेको छ। उनीहरूका विषयमा भने राष्ट्रपतिको कार्यालयले काम अघि बढाएको जानकारी आएको मन्त्रालयको भनाइ छ।

प्रकाशित: २०८० भदौ ३१ गते आईतबार ०७:२४
प्रतिक्रिया

थप समाचार

‘महिनौँ बितिसक्यो, ग्यास पाएको छैन’

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता...

कान्तिपुर फर्मास्युटिकल्स ल्याबले पायो आइपीओ अनुमति

काठमाडौँः पशु स्वास्थ्य तथा भेटेरिनरी औषधि उत्पादन क्षेत्रमा सक्रिय कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १७ करोड रुपैयाँ...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

सरकारी बेरुजुको आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीमा, पूर्वाधार मन्त्रालयमा सबैभन्दा धेरै

काठमाडौँः सरकारी निकायहरूमा देखिएको बेरुजुमध्ये आधाभन्दा बढी हिस्सा म्याद नाघेको पेस्कीको रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना