२०८३ कार्तिक २२ गते शनिवार

भूमिगत तार बिछ्याउने काम काठमाडौंमा ‘तीव्र’, भक्तपुर र ललितपुरमा सुस्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ८
bhumigat tar

काठमाडौँ- काठमाडौंमा भूमिगत तार बिच्छ्याउने कामले गति लिएको छ। गत २०७६ फागुन २७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ सुरु गरेको भूमिगत तार बिछ्याउने काम २०८० मा आएर बल्ल गति लिन थालेको हो।

विद्युत्तीय र सेवा प्रदायक कम्पनीका तारहरु जमिनमुनि वा भूमिगत रुपमा बिच्छ्याउने काम भइरहेको हो।

काठमाडौंमा महाराजगञ्ज, रत्नपार्क र बानेश्वर वितरण केन्द्र गरी तीन प्याकेजमा काम भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा अघि बढाएको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत भूमिगत तार व्यवस्थापनको काम करिब अन्तिम चरणमा पुगेको छ।

प्राधिकरणअन्तर्गत भूमिगत तार व्यवस्थापनका आयोजना प्रमुख सुमन श्रेष्ठले रत्नपार्क वितरण केन्द्रअन्तर्गत ७० प्रतिशत भूमिगत तारको काम सम्पन्न भएको बताए। करिब ६३० किलोमिटरमध्ये ४५० किलोमिटर क्षेत्रमा तार भूमिगत गर्ने काम सकिएको उनको भनाइ छ।

उक्त खण्डमा ११ केभी र ४०० केभी क्षमताको विद्युतीय तार भूमिगत गरिसकिएको उनले बताए। रत्नपार्क वरिपरिको क्षेत्रमा पनि भूमिगतको काम बाँकी छ। खासगरी बागबजार, पुतलीसडक, न्युरोड, जमल, लैनचौरलगायत ठाउँमा भूमिगतको काम अघि बढ्न सकेको छैन।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत ७५ प्रतिशत भूमिगत तार बिच्छ्याउने काम सकिएको आयोजना प्रमुख अभिषेक अधिकारीले बताए। चक्रपथ, बालुवाटार, सुकेधारलगायतका केही ठाउँमा बाँकी रहे पनि अन्यक्षेत्रमा तार भूमिगत गरिसकिएको छ।

बानेश्वर वितरण केन्द्रअन्तर्गत र अन्य क्षेत्रमा ४५ प्रतिशत भूमिगत तार व्यवस्थापन भइसकेको आयोजना प्रमुख पीयुष मालाकारले बताए। उनका अनुसार कीर्तिपुर, जडीबुटी क्षेत्रमा तार भूमिगत गर्ने काम करिब सकिएको छ। कालीमाटीदेखि बल्खुखण्डको तार भूमिगतको काम पनि अन्तिम चरणमा पुगेको छ।

अहिले कालीमाटी–कंलकी हुँदै कलंकीदेखि थानकोटसम्मको तार भूमिगतको काम भइरहेको छ। अहिले त्रिपुरेश्वरदेखि टेकुसम्म तार भूमिगत गर्ने काम सम्पन्न भइसकेको छ। माइतीघर, थापाथली, तीनकुने, एयरपोर्ट क्षेत्रमा पनि तार भूमिगत गर्ने काम अघि बढ्न सकेको छैन।

काठमाडौंमा केही हदसम्म तार भूमिगत गर्ने कामले गति लिए पनि ललितपुर र भक्तपुरमा भने निकै सुस्त छ। आयोजना प्रमुख सुमन श्रेष्ठका अनुसार, भक्तपुर र ललितपुरमा हालसम्म १५ देखि २० प्रतिशतमात्र भूमिगत तार व्यवस्थापनका काम सम्पन्न भएको छ।

ती दुई जिल्लाका धेरैजसो क्षेत्रमा अझै पनि भूमिगत तार बिच्छ्याउने काम सुरु हुन सकेको छैन। काठमाडौं उपत्यकामा साढे २ वर्षभित्र तार भूमिगतको काम सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोना महामारीलगायतका कारणले ढिला भइरहेको प्राधिकरणले जनाएको छ।

कोरोना कालमा भूमिगत तार बिछ्याउने काम अवरुद्ध भएपछि सरकारले उक्त कार्यक्रमका लागि १५ महिना म्याद थप गरेको थियो। तर, थपिएको समयसीमा २०७९ माघसम्म सम्पन्न गर्नुपर्ने थियो।

कोरोना महामारीसँगै सडक विभागबाट अनुमति लिनुपर्नेलगायत कारणले काम समयमै सम्पन्न गर्न नसकेको प्राधिकरणको भनाइ छ।

काठमाडौँभित्र विद्युतीय तार भूमिगत गर्ने जिम्मा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडले पाएको छ।

कुल ७ अर्ब लागत अनुमान गरिएको यस आयोजना निर्माणमा भइरहेको ढिलाइका कारण लागत‍ पनि बढिरहेको छ।

प्रकाशित: २०८० असोज ८ गते सोमबार ०९:५१
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना