काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाका सुरक्षाकर्मी राख्ने बताएका छन्।
असुरक्षित मानिएका अस्पतालहरूमा हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय भएको उनले जानकारी दिएका हुन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मन्त्री बस्नेतले यसका लागि गृहकार्य पनि सुरु भइसकेको जानकारी दिए। आफूले यसै विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बिहीबार छलफल गरेको उनले बताए।
‘असुरक्षित मानिएका अस्पतालमा ६-७ जनासम्म हतियारधारी सुरक्षाकर्मी राख्ने निर्णय छ,’ समिति बैठकमा उनले भने।
गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरूमाथि भएको घटना र कारबाहीबारे जानकारी गराएका थिए।


