२०८३ कार्तिक २१ गते शुक्रबार

त्रासका कारण खुल्दैनन् हनीट्र्यापका घटना

 |  सरस्वती शाह
Sanket

सरस्वती शाह

काठमाडौँ, असोज २०
honey_trap

अंग्रेजी शब्द ‘हनी’को अर्थ मह भन्ने बुझिन्छ भने ‘ट्र्याप’ भन्नाले जालमा पार्ने भनेर बुझिन्छ। महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने त्यसलाई सामान्य बुझाइमा हनी ट्र्याप भनिन्छ। यो शब्द हेर्दा र सुन्दा जति सरल र सुक्ष्म देखिन्छ, यसको आशय त्यति सरल नभई अति नै बृहत् र फराकिलो भएको पाइन्छ।

यदि हामीले हनी ट्र्याप भन्ने विषय कहाँ प्रयोग भएको छ भनी विगतलाई नियाल्ने हो भने प्रहरीहरुले कुनै घटना वा व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धानको क्रममा प्रमाणहरु संकलन गर्नको निमित्त शंकास्पद व्यक्तिलाई कुनै किसिमको प्रलोभन देखाई हनी ट्र्यापमा पारेको पाइन्छ।

त्यस्तैगरी राजनीतिज्ञहरुले आफ्नो स्वार्थ अनुरुपको राजनीतिक लाभ लिनको लागि कसैलाई परिपञ्चमा पार्नुपरेको खण्डमा यसको प्रयोग गरेको पाइन्छ। हाल आएर देशको परिस्थिति, सामाजिक कुरीति, महँगाइ, कमजोर आर्थिक हैसियत, साक्षरताको कमीको कारण छिट्टै सजिलो तरिकाले आर्थिक आम्दानी गर्ने हेतु हनी ट्र्याप गर्ने प्रविधि बढेको छ।

विदेशतिर नियाल्ने हो भने स्क्यामर (ठग)हरुले राम्रो जागिर दिलाइदिने नाउँमा, राम्रो घर वा कोठा खोजिदिने नाउँमा, घरमै बसी–बसी सजिलो तरिकाले आम्दानी गराइदिने नाउँमा, भारी रकमको चिठ्ठा पारिदिएको भन्ने बहानामा यसलाई प्रयोग गरेको पाइन्छ। हामीकहाँ कसैलाई अनैतिक वा अवैध यौन व्यवहारमा फसाएर आर्थिक लाभ लिनको लागि यसको प्रयोग भएको पाइन्छ।

अनुचित लाभ लिनको लागि सामाजिक सञ्जालको माध्यमले कुनै व्यक्तिको गोप्य रुपमा सम्पूर्ण जानकारी संकलन गर्दछन्। संकलन गरेको जानकारी अनुरुप कस्तो व्यक्तिलाई जालमा फसाउने भनेर अनौपचारिक योजना बनाउँछन्। विशेषगरी बढी सम्पन्न भई आर्थिक रुपमा बलियो भएका र पारिवारिक बन्धनमा परेका विवाहित व्यक्तिहरु उनीहरुको छनोटमा पर्दछन्।

यी कार्य गर्नको लागि केवल एकमात्र व्यक्ति नभई एकै संगठनमा विभिन्न थरीका व्यक्तिहरुको मिलेमतो रहेको पाइन्छ। भित्रीरुपमा काम गर्नको लागि जे–जस्ता व्यक्तिहरु समावेश भए तापनि बाहिरीरुपमा देखा पर्ने व्यक्ति भने रुप–रंगमा निकै नै लोभलाग्दा, मनमोहक नै हुन्छन्। ती संगठित व्यक्तिले परिचालन गरेको हनी याने सुन्दर व्यक्तिले प्रारम्भमा सामाजिक सञ्जालकै माध्यमबाट उनीहरुको छनोटमा परेको अपरिचित व्यक्तिसँग साथी बनाउने ढोँग गर्दै साथीको नाताबाट सम्बन्ध अगाडि बढाउँछ।

साथीको रुपमा अगाडि बढाएको सम्बन्धलाई विस्तारै प्रेममा परिणत गर्दछ र सो प्रेम सम्बन्धलाई प्रगाढ बनाउने नाउमा शारीरिक सम्बन्धको प्रलोभन देखाई विस्तारै शारीरिक सम्बन्ध कायम राख्छ। तत्पश्चात् उक्त व्यक्ति ट्र्यापमा परेको छ भनी ढुक्क भएर उनीहरूबीच भएको नाटकी प्रेमको माध्यमबाट ट्र्यापमा पारेको व्यक्तिलाई ब्ल्याकमेल सुरु गर्दछन् र उनीहरुबीच भएको प्रेम सम्बन्ध अन्ततः आर्थिक कारोबारद्वारा समाप्त गर्दछ।

हनी ट्र्याप गर्ने व्यक्तिले आर्थिक कारोबारको विषयलाई अगाडि बढाउनको निमित्त आफ्नो पारिवारिक नातागोताका व्यक्ति हुन् भनी अन्य सदस्यलाई समावेश गरेर पैसाको सौदाबाजी गर्ने गर्दछन्। पैसाको सौदाबाजी गर्दा दुई जनाबीच भएको वार्तालाप, कतै होटल वा कहीँ बसेको भए त्यसको अडियो तथा भिडियो रेकर्ड गरी राखेको छ भन्दै तर्साउँछन्।

कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ। त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न।

यदि उनीहरुको मागबमोजिमको कार्य नगरेमा वा मागेको रकम नदिएमा प्रहरीमा जाने धम्की दिन्छन्। प्रहरीलाई सम्पूर्ण प्रमाणहरु पेस गरी जबरजस्ती करणीको मुद्दा लगाएर जीवनभर कारागारमा कुहाइदिने अनि पारिवारिक जीवनलाई समेत तहसनहस बनाइदिने भनी नकारात्मक परिणामहरुको धम्की दिन्छन्।

त्यसैले छिट्टै निर्णय गरी पैसा दिनु भनी दबाब दिन्छन्। त्यसरी दबाबका साथै धाकधम्की आइसकेपछि ट्र्यापमा पर्ने व्यक्ति आफ्नो पारिवारिक जीवन बचाउन र आफ्नो नाजायज तथा गोप्य सम्बन्धबाट छुटकारा पाउनको निमित्त उनीहरुले बोलेबमोजिमको रकम तिर्न तयार भएको पाइन्छ।

मिति २०८० साउन २८ मा एक अनलाइन समाचारले एउटा समाचार दिएको थियो, जसमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एक जना महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। उक्त मुद्दामा महिलाले आफू अविवाहित भएको भनी विवाह गर्ने नाटक गरेकी थिइन्। जबकि ती महिलाले पहिला नै चार वटा यस्तै नाटकीय विवाह गरिसकेको भनी उनका श्रीमानले पत्ता लगाएका रहेछन्। विवाहको समयमा केटाले २५ तोला सुन र करिब १५ लाख रुपैयाँ खर्च पनि गरेका रहेछन्। विवाहपश्चात् ससुरा र बूढाको श्रीसम्पत्ति उनले आफ्नो बनाइछन्।

त्यसपछि केही सम्पत्ति आफ्नो ऋण तिर्न भनी बेच्न लगाएर बाँकी रहेको रकम आफ्नो हातमा पारी उनी जापान गइछन् अनि श्रीमानलाई डिभोर्स गर्न दबाब दिइछिन्। त्यसपछि उनको श्रीमानले उनीविरुद्ध भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता गराएका रहेछन्।

भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट ती महिला कसुरदार होइनन् भन्न नसकिने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको रहेछ। यस अवस्थामा उनी त्यस आदेशलाई नमिलेको भनी विभिन्न तहको अदालत पुगे पनि सोही आदेश सदर भएछ। त्यसपश्चात् उनी थुनामा नै बस्न बाध्य भएकी रहिछन्।

आफू थुनाबाट बाहिर निस्कन नपाएपछि आफूउपर मुद्दा दिई थुनाउने श्रीमानलाई उल्टै वैवाहिक बलात्कारको आरोप लगाई मुद्दा दायर गरेकी रहिछन्, जुन मुद्दा हालसम्म विचाराधीन अवस्थामा रहेको छ।

त्यस्तै गरी, जिल्ला प्रहरी परिसर ललितपुरले यही गएको श्रावण महिनामा हनी ट्र्यापको उजुरीकै कारण ४ जना व्यक्तिहरु समातेको समाचार प्रकाशित गरेकोे थियो। जसमा एकजना केटीले फेसबुकमा आफ्नो नाम परिवर्तन गरी ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएर केटा साथीहरु बनाइछन्।

म्यासेन्जरबाट कुराकानी गरी ती केटा साथीलाई होटल जानको लागि अनुरोध गरिछन्। होटलमा लगेर सामान्य वार्तालापसमेत गरिछन्। वार्तालापपछि बहाना बनाएर होटलबाट बाहिर निस्किइछन्। त्यसपछि ती महिलाले ‘हामी बीचको सबै कुरा दाजु–भाउजूलाई थाहा भएछ, अब उहाँहरुले भनेबमोजिम गर्नुस्’ भनी सो घटनामा अर्का व्यक्तिहरुलाई सामेल गराएकी रहिछन्।

महिला–पुरुषमा भेदभाव नराखी सबै खाले व्यक्तिको गुनासोलाई लिएर कारबाहीको दायरालाई फराकिलो बनाएमा समाजमा समयसापेक्ष भइरहने यस्ता किसिमका अपराध नियन्त्रण गर्न सहज हुन सक्छ।

ती व्यक्तिहरुले पीडितले प्रयोग गर्ने नम्बरमा कल तथा म्यासेज गर्न थालेपछि पीडितले चेक दिइसकेको रहेछ। यस्तो घटना बारम्बार ती महिलाले अन्य केटाहरुलाई घटाई पीडित बनाएको रहेछ। दुईजना पीडितले उक्त विषयमा जाहेरी दिइसकेपछि प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा ती महिलालाई कारबाही चलाएको भन्ने पाइयो।

वास्तवमा यस्ता प्रकृतिका घटना राजधानीमा मात्र नभई नेपालको विभिन्न जिल्लामा घटिरहेको पाइन्छ। माई रिपब्लिकाले २०७९ मंसिर २५ मा दाङ जिल्लामा भएको हनी ट्र्यापको बारेमा तीनजना व्यक्तिलाई प्रहरीले समातेको भन्ने खबर छापेको थियो। त्यस घटनामा महिलाले अपरिचित व्यक्तिसँग सम्बन्ध अगाडि बढाएर भारी रकम माग्न थालेकी थिइन्। घटनाको पीडितले पहिलोपटक १४ लाख रुपियाँ ती महिलालाई बुझाए तापनि निरन्तर डर र त्रास दिने कार्य भैरहेको रहेछ। उनको बारम्बारको मागलाई अनादर गर्दा मानसिक यातना दिन थालेपश्चात् निकै शंका लागेर प्रहरीमा उजुरी गरेको पाइयो।

त्यसै गरी, नेपालगञ्जमा एकजना व्यक्तिले १२ लाख दिइसकेपछि वकिलकै सहायता लिई कागज गरेर अब उप्रान्त कुनै किसिमको सम्बन्ध वा जबरजस्ती करणीको आरोप नलगाउने भनी लिखतसमेत बनाएको पाइयो।

यसरी ठगी गर्न नहुने भनी मुलुकी अपराध संहिता २०७४ ले विभिन्न कानुनी प्रावधानहरुको व्यवस्था गरेको छ। जस्तै– मुलुकी अपराध संहिता २०७४ दफा २५३ ले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने भनेको छ।

आपराधिक लाभ (एक्सटर्सन) भनेको कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्‍याउने डर–त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको भनिन्छ भनी सोही दफामा परिभाषित गरेको छ।

दफा २५३(क) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ। २५३(ख) मा कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर–त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपियाँसम्म जरिबाना र माथि उल्लिखित (क) र (ख) मा लेखिएबाहेक अन्य अवस्थामा आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपियाँसम्म जरिबाना भनी व्यवस्था गरेको छ।

कानुनमा विभिन्न थरीका व्यवस्था भए तापनि हनी ट्र्याप गर्ने समूहहरु जताततै तीव्ररुपमा फैलिरहेको देखिन्छ। त्यसको कारण के हो भन्ने बारेमा कसैको ध्यान आकर्षण भएको देखिन्न।

समस्याको किनारा लगाउनको लागि वास्तवमा हामी समस्याको जरासम्म पुग्नुपर्ने आवश्यकता हुन्छ। यस विषयमा पीडितहरुको मनोविज्ञान हेर्दा उनीहरु कानुनद्वारा नै पीडित भएको भन्ने बुझाइ रहेको पाइन्छ। बारम्बार सबैजसो पीडितलाई जबरजस्ती करणीजस्तो संवेदनशील मुद्दाको आरोप लगाइदिने भन्ने धम्की र सो विषयमा पीडितले उजुरी दिन जाँदा आपराधिक कार्य कुन पक्षबाट भयो भन्ने मानक सम्बन्धित कार्यालयबाट नगरी उल्टै आफैँलाई पक्रेर कारबाही गर्ने हो कि भन्ने त्रासका कारण पीडितहरू कानुनको दायरामा आउन नखोजेको पाइन्छ।

त्यसकारण जाहेरी लिने निकायदेखि लिएर कानुनको परिपालन गराउने निकायहरुले कुनै पनि महिला–पुरुषमा भेदभाव नराखी सबै खाले व्यक्तिको गुनासोलाई लिएर कारबाहीको दायरालाई फराकिलो बनाएमा समाजमा समयसापेक्ष भइरहने यस्ता किसिमका अपराध नियन्त्रण गर्न सहज हुन सक्छ।

(शाह अधिवक्ता हुन्।)

प्रकाशित: २०८० असोज २० गते शनिवार ०१:३७
प्रतिक्रिया

थप समाचार

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना