२०८३ कार्तिक २२ गते शनिवार

५ हजारलाई रोजगारी र १५ हजारलाई सिपमूलक तालिम दिन काठमाडौँ महानगरले ल्यायो योजना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २२
balen

काडमाडौँ– काठमाडौँ महानगरपालिकाले हरेक वर्ष कम्तीमा ५ हजारलाई रोजगारी दिने योजना ल्याएको छ।

महानगरका मेयर बालेन्द्र साहले फेसबुकमा स्टाटस लेख्दै प्रतिवर्ष १५ हजार जनालाई रोजगारीमूलक तालिम पनि दिने योजना ल्याएको जानकारी दिएका हुन्।

‘हरेक वर्ष कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा ५ हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि गौरब योजना ल्याइएको हो,’ महानगर मेयर बालेन्द्रको स्टाटसमा उल्लेख छ।

महानगरको बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्ने महानगरको लक्ष्य छ। महानगरले यसलाई रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना नाम दिएको छ।

महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगारदाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याउन उसले श्रम बैंकसमेत स्थापना गरेको छ।

महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने नेपाली नागरिक श्रम बैंकमा आबद्ध हुन सक्ने महानगरको भनाइ छ।

श्रम बैंकमा आबद्द दक्ष कामदारलाई अन्तर्वार्ता लिएर सोझै काममा लगाउने महानगरको योजना छ। अर्धदक्ष जनशक्तिलाइ सीप स्तरोन्नति तथा प्रमाणीकरण गरी काममा लाउने उसको योजना छ।

अदक्ष कामदारलाई सीपयुक्त जनशक्ति निर्माण गरी रोजगार तथा स्वरोजगार बनाउने योजना महानगरले अघि सारेको छ।

श्रम बैंकमा आबद्द जनशक्ति महानगरभित्रका पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापनमा काम दिने योजना महानगरले बनाएको छ।

यस्तै महानगरका सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी कम्पनी, संघसंस्था, अन्तराष्ट्रिय संघसंस्थामा समेत रोजगारी दिने योजना महानगरको छ।

महानगरको श्रम बैंक एप मार्फत पार्ट टाइम जबका रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटके रुपमा गराउने उसको योजना छ।

महानगरसँग आवद्ध भएर रोजगार भएका कामदारहरुलाई अनिवार्य रूपमा कार्यस्थल बिमा हुने समेत उसले बताएको छ।

अर्धदक्ष तथा अदक्षका लागि १५ स्थानमा ट्रेनिंग सेन्टरको स्थापना गरी बाह्रै महिना बिहानदेखि साँझसम्म नियमित रूपमा तालिम संचालन गरिने पनि बालेनले जानकारी दिएका छन्। त्यसका लागि बजारको आवश्यकता पहिचान गरी पाठ्यक्रम पनि निर्माण गरिरहेको जानकारी बालेनले दिएका छन्।

श्रम बैंकमा आबद्ध हुन चाहनेले यो लिंकमा क्लिक गरी फारम भरी आवेदन दिन सक्नेछन्। सिप विकास तालिम लिनका लागि यो लिंकमा क्लिक गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यसका साथै काठमाडौ महानगरपलिका कार्यलय तथा वडा कार्यलयहरुमा सम्पर्क राखेर पनि आवेदन फारम दिन सकिने व्यवस्था गरिएको छ।

यसका साथै महानगरभित्र संचालित जब एजेन्सी र तालिम प्रदायक संस्थाहरुको नियमित अनुगमनसमेत गरिने महानगरले जानकारी दिएको छ।

प्रकाशित: २०८० असोज २२ गते सोमबार १०:०७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना